नेकपा (बहुमत) काकार्यकर्ताहरुले मिटरब्याजी आरोपित एक दम्पतीको नाक काटिदिएका छन् । दाङको घोराहीउपमहानगरपालिका १५ निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाक काटेको नेकपा (बहुमत)का दाङ जिल्ला सेक्रेटरी अमरले जनाएका छन् ।
उनकाअनुसार घोराहीको मुख्यबजार क्षेत्र बिपी चोक नजिकै आज बिहान पौने दश बजे बस्नेत दम्पतीको नाक काटिएको हो । घटनाका प्रत्यक्षदर्शीका अनुसार पिलासले नाम समातेर चक्कुले उनीहरुको नाक काटिएको छ । उनकाअनुसार घोराहीको मुख्यबजार क्षेत्र बिपी चोक नजिकै आज बिहान पौने दश बजे बस्नेत दम्पतीको नाक काटिएको हो । घटनाका प्रत्यक्षदर्शीका अनुसार पिलासले नाम समातेर चक्कुले उनीहरुको नाक काटिएको हो ।
नेकपा बहुमतले बस्नेत दम्पतीले १६८ बढी सर्वसाधारणसँग मिटर ब्याजको धन्दा चलाएको, जघन्य अपराध गरेको, पीडितहरुलाई आत्महत्या गर्न बाध्य पारेकोले जनकारबाही गरेको जनाएको छ । बस्नेत दम्पतीलाई दाङ प्रहरीले गत साउन महिना मिटर व्याजी काण्डमा पक्राउ गरेर एक महिना हिरासतमा राखेको थियो । उक्त कारबाहीको बारेमा जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी इश्वर थापा थापालाई बुझ्दा अपरिचित व्यक्ति नाकमा चाेट पुर्याएर फरार रहेको उक्त व्यक्तिको खाेजतलास जारी रहेको बताउनुभयाे ।

बिहिबार बिहान सर्वसाधारणको घरघर मागएर पैसा उठाउँदै गरेको अवस्थामा फेला पारेर बहुमतका कार्यकर्ताहरुले उनीहरुलाई कारबाही गरेको जनाएका छन् ।
जाली तमसुक बनाएर जनतालाई बेघरबार बनाएको, खाली चेक लिएर मनोमानी ढंगले मुद्धा हाल्ने काम गरेको, हुण्डी कारोबारमा संलग्न रहेको, मिटर ब्याजमार्फत संगठित अपराध गरेको, सरकारी सेवामा हुँदा चरम अख्तियार दुरुपयोग गरेको लगायतका कारण जनकारबाही गर्न परेको बहुमतले एक विज्ञप्तीमार्फत जानकारी गराएको छ । यस सँगै नेकपा बहुमतले मिटरब्याजी धन्दामा संलग्न भएको भन्दै उनीहरुको चार्ट समेत सार्वजनिक गरेको छ ।
नेकपा बहुमतले बस्नेत दम्पतीले १६८ बढी सर्वसाधारणसँग मिटर ब्याजको धन्दा चलाएको, जघन्य अपराध गरेको, पीडितहरुलाई आत्महत्या गर्न बाध्य पारेकोले जनकारबाही गरेको जनाएको छ । बस्नेत दम्पतीलाई दाङ प्रहरीले गत साउन महिना मिटर व्याजी काण्डमा पक्राउ गरेर एक महिना हिरासतमा राखेको थियो । बिहिबार बिहान सर्वसाधारणको घरघर मागएर पैसा उठाउँदै गरेको अवस्थामा फेला पारेर बहुमतका कार्यकर्ताहरुले उनीहरुलाई कारबाही गरेको जनाएका छन् ।