Skip to main content

Yug Post

प्रमुख समाचार

रोल्पाको लुङ्ग्रीमा ५ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ

रोल्पाको लुङ्ग्रीमा ५ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ

रोल्पाको लुङ्ग्रीमा ५ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ लुङ्ग्री गाउँपालिका १ पाङमा भाद्र १० गते १४ वर्षिय बालकले पीडित बालिकालाई जवरजस्ती बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय रोल्पामा उजरी दिनुभएको छ । शुक्रबार राती पीडकलाई सुलिचौर प्रहरी कार्यालयमा लिइएको थियो । हाल इलाका प्रहरी कार्यालय सुलिचौरबाट लिबाङ लिइएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक विरेन्द्र विर विश्वकर्माले घटना कुनै दवाव र प्रभावभावमा नपरी निष्पक्ष रुपमा छाबीनका लागि अनुसन्धान अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयोः–“अपराधमा संलग्नलाई अनुसन्धानमामा लिएर न्यायिक रुपमा अगाडि बढ्ने बताएका छन् ।
Read More
फिंगरप्रिन्टले मात्र खुल्ने ब्राको भिडियो भाइरल

फिंगरप्रिन्टले मात्र खुल्ने ब्राको भिडियो भाइरल

काठमाडौं । सोसल मिडियामा पछिल्ला दिनमा एउटा अनौठो भिडियो भाइरल बनिरहेको छ । उक्त भिडियोमा दाबी गरिए अनुसार जापानमा एउटा यस्तो ब्रा बनेको छ, जो केवल फिंगरप्रिन्टले मात्र खुल्दछ । नारीद्वेषी जस्तो लाग्ने यो प्रडक्टको नाम एन्टी चिटिङ्ग ब्रा राखिएको छ । इन्स्टाग्राममा उक्त भिडियो लाखौँ मानिसले हेरिसकेका छन् र धेरैले यो बजारमा उपलब्ध वास्तविक ब्रा नै हो कि भन्ने ठानेका छन्। भिडियो फूटेजमा एक हातमा ब्रा को फित्ता अड्काउने क्लास्प देखिन्छ । उक्त हुक त्यसबेला सम्म लक रहन्छ, जबसम्म त्यसमा जोडिएको डिभाइसमा फिंगरप्रिन्ट लगाइँदैन । जब सही तरिकाले हुकसँगै राखिएको सेन्सरमा फिंगरप्रिन्ट स्क्यान गरिन्छ, तबमात्रै ब्राको फित्ता खुल्दछ ।…
Read More
अरिङ्गालले  टोकेर गम्भीर घाइते भएका शंकर परियारको दाेस्राे पटक डायलासिसले पनि सुधार भएन

अरिङ्गालले टोकेर गम्भीर घाइते भएका शंकर परियारको दाेस्राे पटक डायलासिसले पनि सुधार भएन

रोल्पामा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका शंकर परियारको किड्नीमा दाेस्राे पटक डायलासिस गर्दा सुधार हुन सकेन । अरिङ्गालले टोक्दा दाेस्राे पटक डायलासिस गर्दा पनि अरिङ्गालकाे टाेकाईबाट घाईते शंकर परियारकाे स्वास्थ्यमा सुधार नआएको तर आशिस परियारकाे भने केही सुधार भएको वीरेन्द्र मा वि गांङ प्रधानाध्यापक वर्मन बुढाले बताएका छन् । त्रिवेणी गाउँपालिका–७ स्थित श्री वीरेन्द्र माध्यमिक विद्यालय, गाङका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरु विद्यालयबाट घर फर्कने क्रममा अरु कसैले जिसकाएको अरिङ्गालले टोक्दा एक बालकको ज्यान गएको छ भने पाँच जना विद्यार्थी घाइते भएका थिए। राप्ती विज्ञान प्रतिष्ठान घोराही उपचार पछि तीन जना हिजो घर फर्किसकेका छन् ।तर दुई जना मध्ये एकको केहि…
Read More
३ बर्षभित्र किसान परिचयपत्र दिने सरकारको तयारी

३ बर्षभित्र किसान परिचयपत्र दिने सरकारको तयारी

काठमाण्डौ – सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर र थप व्यवस्थित गर्ने लक्ष्यका साथ किसान पहिचान र वर्गीकरणका आधारमा किसान परिचयपत्रको व्यवस्था गर्ने भएको छ । आउँदो तीन वर्षभित्र सबै किसानलाई परिचयत्र दिने सरकारको दाबी छ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेशको कृषिक्षेत्र हेर्ने मन्त्रालय र पालिकाले आवश्यक काम गर्नेछन् । खाद्य प्रणाली विविधीकरण, पाककलामा अन्वेषण र उच्च मूल्यको औद्योगिक बाली प्रशोधन सम्बन्धी उद्योगको प्रवर्द्धन गर्ने सरकारको लक्ष्य छ । राष्ट्रिय योजना आयोगले तयार पारेको पाँचवर्षे खाद्य प्रणाली रुपान्तरणको रणनीतिक योजनामा कृषि क्षेत्रलाई व्यावसायिक बनाउने, आत्मनिर्भर हुने र औद्योगिकीकरण गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । यो रणनीतिको सोच…
Read More
घोराही ८ नम्बर वडा अध्यक्षले बजेटमा असहमति भएको भन्दै पदबाट दिएको  राजीनामा स्वीकृत

घोराही ८ नम्बर वडा अध्यक्षले बजेटमा असहमति भएको भन्दै पदबाट दिएको राजीनामा स्वीकृत

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्रबहादुर शाहले बजेटमा असहमति भएको भन्दै पदबाट दिएको २ वर्ष पछि राजीनामा स्वीकृत भएको छ । शाहले २०८० असार १२ गते नगर प्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा बुझाएका थिए । त्यसको दुई वर्ष पछि उक्त राजीनामा स्वीकृत भएको हो । नगर प्रमुख चौधरीका अनुसार आफूले गएको वर्ष असारमा राजीनामा स्वीकृत गरेको र सोमबार भएको कार्यपालिका बैठकबाट अनुमोदन गराएको बताए । एमालेबाट निर्वाचित शाहले बजेटमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका थिए । आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहालिदिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । पार्टीको नीति विपरीत कार्य गरेको भन्दै…
Read More
गुन्डा नाइके राजुु गोर्खाली  चेक बाउन्स मुद्दामा पक्राउ

गुन्डा नाइके राजुु गोर्खाली चेक बाउन्स मुद्दामा पक्राउ

गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खागुन्डाली) पक्राउ पर्नुमा ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ । उनी पक्राउ पर्नुमा १० रुपैयाँको चेक बाउन्स जोडिएको परिसरका एक अधिकृतले बताए ।करोड ‘अहिलेसम्म उहाँविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको जाहेरी परेको छ । सोही जाहेरीका आधारमा पक्राउ पुर्जी लिएर पक्राउ परेका हौं,’ ती अधिकृतले भने । पीडितको नाम भने प्रहरीले खुलाएको छैन । गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धान कै विषय रहेको प्रहरीले बताएको छ । उनीमाथि बैंकिङ कसुरको मुद्दामा म्याद लिएर…
Read More
वाइसीएल सुनछ्हरीले सुनछ्हरी झरनामा वृक्षारोपन र सरसफाइ गर्‍यो

वाइसीएल सुनछ्हरीले सुनछ्हरी झरनामा वृक्षारोपन र सरसफाइ गर्‍यो

नेकपा (माओवादी) केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) सुनछहरी गाउँपालिका समितिले वृक्षारोपन र सरसफाइ गरेको छ । सुनछहरी झरना आसपासको क्षेत्रमा वृक्षारोपन र सरसफाइ गरेको छ । श्रम तथा उत्पादनमा वाइसिएल अभियान अन्तर्गत रोल्पाको प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरुमा वृक्षारोपन र सरसफाइ गर्दै आएको छ। सादोबाटोको भ्युटावरबाट सुरुगरेको अभियान जजला हुँदै सुनछहरी झरना आसपासको क्षेत्रमा वृक्षारोपन तथा सरसफाइ गरिएको बताइएको छ । सुनछहरीमा धुपी सल्लाहकाे विरुवा ५४ वटा र अन्य विभिन्न फूलका विरुवाहरु लगाएको जनाएको छ । विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।
Read More
नेकपा (माओवादी) केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) सुनछहरी गाउँपालिका समितिले वृक्षारोपन र सरसफाइ गरेको छ । सुनछहरी झरना आसपासको क्षेत्रमा वृक्षारोपन र सरसफाइ गरेको छ । श्रम तथा उत्पादनमा वाइसिएल अभियान अन्तर्गत रोल्पाको प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरुमा वृक्षारोपन र सरसफाइ गर्दै आएको छ। सादोबाटोको भ्युटावरबाट सुरुगरेको अभियान जजला हुँदै सुनछहरी झरना आसपासको क्षेत्रमा वृक्षारोपन तथा सरसफाइ गरिएको बताइएको छ । सुनछहरीमा धुपी सल्लाहकाे विरुवा ५४ वटा र अन्य विभिन्न फूलका विरुवाहरु लगाएको जनाएको छ । कार्यक्रममा पार्टीका नेताहरू देखी वाइसीएलका नेताहरूको उपस्थिति रहेको थियो ।
Read More
रोल्पाको त्रिवेणी गाउँपालिका ७ नन्दीखोला नजिक  पिक अप गाडी दुर्घटना

रोल्पाको त्रिवेणी गाउँपालिका ७ नन्दीखोला नजिक पिक अप गाडी दुर्घटना

रोल्पाको त्रिवेणी गाउँपालिका ७ को दार्बोट नजिकै नन्दीखोलामा पिक अप गाडी दुर्घटना भएको छ । आज साँझ करिब ५ बजे रोल्पाको त्रिवेणी गाउँपालिका ४ सिमपानीबाट गंगादेव गाउँपालिका १ ओततर्फ गइरहेको पिक अप गाडी त्रिवेणी गाउँपालिका ७ को दार्बोट नजिकै नन्दीखोला क्षेत्रमा दुर्घटना भएको छ । दुर्घटनामा गाडीका चालकसहित २ जना घाइते भएका छन् । घाइतेहरूको प्राथमिक उपचारपछि थप उपचारका लागि तुल्सीपुर पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । थप विवरण आउन बाँकी छ।
Read More
अनेम संघ माडी गाउँपालिका ५ को सम्मेलन  सम्पन्न

अनेम संघ माडी गाउँपालिका ५ को सम्मेलन सम्पन्न

अनेम सङ्घ क्रान्तिकारी माडी ५ को समेलन तथा भेला आज पाछाबाङ मा सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र ) माडीगाउँ पालिका अध्यक्ष भरत बहादुर वुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथी बिर बहादुर घर्ति मगर, तेजेन्द्र बुढा मगर वडा पार्टी इन्चार्ज , वडा पार्टी उपाध्यक्ष सनिदेवल बुढा मगर, दिल कुमारी बुढा मगर अनेम सङ्घ जिल्ला सदस्य, अनेम सङ्घ गापा काबा अध्यक्ष बालिका सुनारको आतिथ्यता रहेको थियो।सम्मेलनको सन्चालन दिल कुमारी बुढामगरले गरेकी थिइन् । सम्मेलनले भिम कुमारी परियारको अध्यक्षतामा २३ सदस्यीय वडा समिति गठन गरेको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि भरत बुढा मगरले भने "जनयुद्धमा अभुतपुर्ण…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search