रोल्पाको लुङ्ग्रीमा ५ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ
लुङ्ग्री गाउँपालिका १ पाङमा भाद्र १० गते १४ वर्षिय बालकले पीडित बालिकालाई जवरजस्ती बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय रोल्पामा उजरी दिनुभएको छ ।
शुक्रबार राती पीडकलाई सुलिचौर प्रहरी कार्यालयमा लिइएको थियो । हाल इलाका प्रहरी कार्यालय सुलिचौरबाट लिबाङ लिइएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक विरेन्द्र विर विश्वकर्माले घटना कुनै दवाव र प्रभावभावमा नपरी निष्पक्ष रुपमा छाबीनका लागि अनुसन्धान अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयोः–“अपराधमा संलग्नलाई अनुसन्धानमामा लिएर न्यायिक रुपमा अगाडि बढ्ने बताएका छन् ।


