Skip to main content

Yug Post

प्रमुख समाचार

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बिहान देखि नै सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा शुक्रवारबाट सञ्चालन हुने बजेट अधिवेशनमा पार्टीको प्रश्, समसामयिक राजनीति, शिक्षकहरुको प्रदर्शन लगायतका विषयमा छलफल हुनेछ । साथै बैठकमा शुक्रवारदेखि शुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भुमिका र प्रश्तुतिको रणनीतिबारे छलफल भइरहेको छ । संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भुमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको छ ।
Read More
संसारकै सबैभन्दा बढी जनसंख्या भएको शहर चाइनाको छोङछिङ पुगेपछि

संसारकै सबैभन्दा बढी जनसंख्या भएको शहर चाइनाको छोङछिङ पुगेपछि

मेराे जीवनमा एकपटक चीन जाने ठुलो धाेकाे थियो । किनकि हामीले माओकालिन चीन धेरै पढेका थियौँ र पछिल्लो सी कालिन चीन आफ्नै जिवनमा हेर्ने चाहना थियोे । हामी माओवादका अनुयायी भएको र चिन हाम्रो आदर्श भुमि भएकोले चिन प्रति हाम्रो बढी आस्था र विस्वास हुनु स्वभाविकै भयो । बैचारिक रुपले चिनिएको र भाैगाेलिक रुपले पढिएकाे चीनमा जान पाउनु मेरो लागि चासो र उत्सुकताकाे बिषय हुने नै भयो । यहीँ बिचमा करिब एक हप्ता पहिले पार्टीका उपमहासचिव तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज कमरेड गिरिराजमणि पाेख्रेलले तुरुन्तै तपाईंको पासपोर्टकाे फाेटाे र आइडी पठाउनुस चाइना भ्रमणको संभावना छ भन्नु भएकाे थियो । मैले…
Read More
गणेश डाँगी गगनको नयाँ गीत ‘मन बेचेको हुँ’ सार्वजनिक

गणेश डाँगी गगनको नयाँ गीत ‘मन बेचेको हुँ’ सार्वजनिक

दाङ, बैशाख २ – कृष्ण अधिकारी/ नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका बहुप्रतिभाशाली कलाकार गणेश डाँगी गगनले आफ्नो नयाँ गीत ‘मन बेचेको हुँ’ सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानल गणेश डाँगी गगन मार्फत सार्वजनिक गरिएको यस गीतमा गोविन्द मधुर आचार्यको स्वर रहेको छ। गीतमा शब्द र संगीत स्वयं गणेश डाँगी गगनले तयार गरेका हुन्। एरेञ्ज, रेकर्ड र मिक्सिङको काम हेमराज डाँगीले गरेका छन्। भिडियो दाङका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको छ जसमा गणेश डाँगी गगन र बिमला थापा मगरको अभिनय देख्न सकिन्छ। गीतको निर्देशन पनि गणेश डाँगी गगनले आफैं गरेका छन् भने कोरियोग्राफी, सम्पादन तथा कलर ग्रेडिङ अभिषेक…
Read More
माओवादी स्कुलिङ अन्तर्गत आज रोल्पानगर पालीकामा हुँदै

माओवादी स्कुलिङ अन्तर्गत आज रोल्पानगर पालीकामा हुँदै

नेकपा (माओवादी केन्द्र ) रोल्पाले जिल्ला भर संचालन गरेको दुई दिने स्कुलिङको अन्तिम पालीका रोल्पा नगरपालिका भैरहेको छ। नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र )ले आफ्ना कार्यकर्ताहरूलाई राजनीतिक वैचारिक क्षेत्रमा तिखार्नका निम्ति सबै स्थानीय तहहरूमा स्कुलिङ कार्यक्रम सञ्चालन गरिएको छ। हालै सम्पन्न माओवादी जिल्ला समन्वय समितिको बैठकबाट स्कुलिङ संचालन गर्ने निर्णय पारित गरेको थियो । जसमा रुन्टिगढि गाउँपालिकामा ५ र ६ गते , ७ र ८ गते त्रिवेणी गाउँपालिकामा , माडी गाउँपालिकामा ९ र १० गते गंगादेबमा ,१२ र १३ गते परिवर्तनमा, १४ र १५ गते थवाङमा, १६ र १७ गते सुनसरीमा ,१८ र १९ गते लुङ्गीमा ,२१ र २२ गते…
Read More
रोल्पाको धबाङमा पाइने ‘खरी ढुङ्गा’ : बहुउपयोगी प्राकृतिक सम्पदाको प्रचारमा सफल बुढा मगरको पहल

रोल्पाको धबाङमा पाइने ‘खरी ढुङ्गा’ : बहुउपयोगी प्राकृतिक सम्पदाको प्रचारमा सफल बुढा मगरको पहल

रोल्पाको धबाङमा पाइने 'खरी ढुङ्गा' : बहुउपयोगी प्राकृतिक सम्पदाको प्रचारमा सफल बुढा मगरको पहल खुमबहादुर सुनार / लिवाङ ,रोल्पा चैत २४ गते / रोल्पा नगरपालिका–१० स्थित धबाङ आसपासका क्षेत्रमा पाइने एक विशेष प्रकारको ढुङ्गा, जसलाई स्थानीय भाषामा 'खरी ढुङ्गा' भनिन्छ, पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको छ। हाल लिवाङमा बसोबास गर्दै आएका धबाङ निवासी युवा व्यवसायी तथा समाजसेवी सफल बुढा मगरले यस ढुङ्गाको फोटो सार्वजनिक गर्दै यसको प्रचार–प्रसारमा जोड दिएका छन्। बुढा मगरका अनुसार यो ढुङ्गा विशेष प्रकारको छ, जुन सौन्दर्य, निर्माण सामग्री, र औद्योगिक प्रयोगका हिसाबले बहुप्रयोगी देखिएको छ। उनले आफ्नो फेसबुकमा यस ढुङ्गाको तस्बिरहरू राख्दै स्थानीय सरकार र सरोकारवालाहरूलाई…
Read More
कृष्णसेन इच्छुक बहु प्राबिधिक शिक्षालयमा गुणस्तरीय शिक्षाका लागी  प्रमुख  चौधरीले लिए यस्ता योजना

कृष्णसेन इच्छुक बहु प्राबिधिक शिक्षालयमा गुणस्तरीय शिक्षाका लागी प्रमुख चौधरीले लिए यस्ता योजना

कृष्णसेन इच्छुक बहु प्राबिधिक शिक्षालयमा शिक्षालय प्रमुख मोतिलाल चौधरीले गुणस्तरीय शिक्षा दिलाउन निरन्तर मूल्याङ्कन प्रणालीलाई कार्यान्वयनमा लिएका छन् । घोराही उपमहानगरपालिका गैरागाउ दाङमा अबस्थित कृष्णसेन इच्छुक बहु प्राबिधिक शिक्षालयमा शिक्षालय प्रमुख मोतिलाल चौधरी प्रमुख भएर आएपछि शिक्षालय सुधारको विभिन्न योजना बनाएर त्यसको कार्यान्वयन थालिएको छ। योजना अनुसार निरन्तर मूल्याङ्कन प्रणालीलाई कार्यान्वयन गरिएको छ। जसले प्रत्येक प्रशिक्षकले प्रत्येक दिन विद्यालयमा गरेको शिक्षण क्रियाकलाप जस्तै प्राक्टिकलका गरेको नगरेको बारेमा शिक्षालय प्रमुखलाई प्रत्येक दिन अपडेट गराउने नियम राखिएको छ। जस अनुसार विद्यालयमा उपस्थित हुने प्रशिक्षक र विद्यार्थीहरुलाई निश्चित टाइम भित्र आएको वा उपस्थित नभएको र आएर केके गरेको अभिलेख राख्ने गरिएको छ। त्यस्तै…
Read More
गाजाकाे विद्यालयमा इजरायलकाे आक्रमणबाट २७ जनाको मृत्यु

गाजाकाे विद्यालयमा इजरायलकाे आक्रमणबाट २७ जनाको मृत्यु

उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ । तुफाह जिल्लामा रहेको दार अल–अरकाम विद्यालयमा आक्रमण हुँदा अरु २४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । आक्रमण भएको विद्यालयमा विस्थापित परिवारहरूको आश्रयस्थल रहेको विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले विद्यालयलाई लक्षित नगरेको भन्दै हमासको निर्देशनमा सञ्चालित प्रमुख विद्रोहीहरुलाई आक्रमण गरेको दाबी गरेको छ । इजरायल रक्षा बलका अनुसार आक्रमण गरिएको ठाउँमा हमास लडाकूहरूले इजरायली नागरिक र सेनाहरूविरुद्ध आक्रमणको योजना बनाउन प्रयोग गरिरहेका थिए । हमासको स्वास्थ्य मन्त्रालयले २४ घण्टामा इजरायली आक्रमणमा थप ९७…
Read More
राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने भिडियो  डिप फेक भिडियो हो : प्रहरी

राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने भिडियो डिप फेक भिडियो हो : प्रहरी

नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा ५८ राउन्ड गोली प्रहार गरेको मध्ये २० जनामाथि मात्र गोली लागेको जानकारी गराएको छ।कार्यक्रम सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने होइन। त्यो डिप फेक भिडियो हो। बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले २० जनामाथि गोली चलेको र गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको जानकारी दिए। उनले भने, ‘प्रहरीबाट आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको छ। गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन्। गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत छन्।’ त्यस्तै प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै…
Read More
योगेन्द्र राना मगरको अध्यक्षतामा रोल्पाको परिवर्तन गाउँपालीका स्तरीय अखिल (क्रान्तिकारी ) कमिटी गठन

योगेन्द्र राना मगरको अध्यक्षतामा रोल्पाको परिवर्तन गाउँपालीका स्तरीय अखिल (क्रान्तिकारी ) कमिटी गठन

नेकपा( माओवादी केन्द्र )निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को परिवर्तन गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ। पालिका केन्द्र पुतला चौरमा सम्पन्न भेलाबाट योगेन्द्र रानामगरको अध्यक्षतामा ४१ सदस्यीय पालीका समिति गठन भएको छ। जसमा उपाध्यक्षमा सिर्जना थापा मगर ,सलिना बिक सचीव , बलसिंह बिक त्यस्तै ओमप्रकाश बुढा सहसचिव , पवित्रा बिककोषाध्यक्ष निर्वाचित भएका छन् ।अन्य विद्यार्थीहरू सदस्य पदमा रहनेगरी समिति गठन गरिएको हो। नेकपा( माओवादी केन्द्र) परिवर्तन गाउँपालिकाका पार्टी अध्यक्ष हरिप्रसाद बुढामगर संवेगको प्रमुख अतिथि र उपाध्यक्ष बमबहादुर विक्रमको विशिष्ट अतिथि सहसचिव चुडामनि ओली , छ नम्बर वडा पार्टी अध्यक्ष रबिन बुढामगर , विद्यार्थी संगठन प्रदेश सदस्य तुफान घर्ती मगर लगायतको उपस्थिति…
Read More
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुमा नेविसंघका जोशी  विजयी  

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुमा नेविसंघका जोशी विजयी  

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा भएको स्ववियु निर्वाचनको अध्यक्षमा नेविसंघका दीपकराज जोशी विजयी भएका छन् ।  जोशीले अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले हराएका हुन् । जोशीले ७८९ मन ल्याउँदा भट्टले भने ७८१ मत पाए । त्यस्तै अखिल क्रान्तिकारीका प्रविन दाहलले ७२७ मत ल्याए ६२ मतले जितेका छन् भने स्वतन्त्र उठेका पदमा भुषालले १६६ मत प्राप्त गरे । त्यस्तै अर्का स्वतन्त्र उज्ज्वल खड्काले भने ७१७ मत ल्याए ।   यसअघि २०७९ सालकाे निर्वाचनमा समेत नेविसंघका श्यामराज ओझा निर्वाचित भएका थिए।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search