दाङ, बैशाख २ – कृष्ण अधिकारी/ नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका बहुप्रतिभाशाली कलाकार गणेश डाँगी गगनले आफ्नो नयाँ गीत ‘मन बेचेको हुँ’ सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानल गणेश डाँगी गगन मार्फत सार्वजनिक गरिएको यस गीतमा गोविन्द मधुर आचार्यको स्वर रहेको छ।
गीतमा शब्द र संगीत स्वयं गणेश डाँगी गगनले तयार गरेका हुन्। एरेञ्ज, रेकर्ड र मिक्सिङको काम हेमराज डाँगीले गरेका छन्। भिडियो दाङका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको छ जसमा गणेश डाँगी गगन र बिमला थापा मगरको अभिनय देख्न सकिन्छ।
गीतको निर्देशन पनि गणेश डाँगी गगनले आफैं गरेका छन् भने कोरियोग्राफी, सम्पादन तथा कलर ग्रेडिङ अभिषेक मल्लले सम्हालेका छन्। क्यामेरा जीव राज चौधरीले सञ्चालन गरेका हुन् र व्यवस्थापनको जिम्मेवारी बिराट योगिले निर्वाह गरेका छन्।
गीतको रेकर्डिङ काठमाडौँस्थित महक स्टुडियोमा गरिएको हो भने पोस्ट-प्रोडक्सन स्मार्ट फिल्म स्टुडियोले गरेको छ। सुजन रेग्मीले गीतको पोस्टर डिजाइन गरेका छन् भने मिडिया सहयोग लक्ष्मीनारायण मिडिया प्रा.लि. तुलसीपुर, दाङले गरेको हो।
गणेश डाँगी गगनको सिर्जनशीलता र प्रस्तुतिमा नयाँपन पाइने भएकाले यस गीतप्रति दर्शक-श्रोताको पनि राम्रो प्रतिक्रिया आउने अपेक्षा गरिएको छ।


