नेकपा (माओवादी केन्द्र ) रोल्पाले जिल्ला भर संचालन गरेको दुई दिने स्कुलिङको अन्तिम पालीका रोल्पा नगरपालिका भैरहेको छ।
नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र )ले आफ्ना कार्यकर्ताहरूलाई राजनीतिक वैचारिक क्षेत्रमा तिखार्नका निम्ति सबै स्थानीय तहहरूमा स्कुलिङ कार्यक्रम सञ्चालन गरिएको छ।
हालै सम्पन्न माओवादी जिल्ला समन्वय समितिको बैठकबाट स्कुलिङ संचालन गर्ने निर्णय पारित गरेको थियो । जसमा रुन्टिगढि गाउँपालिकामा ५ र ६ गते , ७ र ८ गते त्रिवेणी गाउँपालिकामा , माडी गाउँपालिकामा ९ र १० गते गंगादेबमा ,१२ र १३ गते परिवर्तनमा, १४ र १५ गते थवाङमा, १६ र १७ गते सुनसरीमा ,१८ र १९ गते लुङ्गीमा ,२१ र २२ गते सुनिल स्मृतिमा ,२२ र २३ , कार्यतालिका अनुसार आज रोल्पा नगरपालिका केन्द्र तथा जिल्ला सदरमुकाम लिवाङमा आज देखी दुई दिने स्कुलिङ सुरु भएको छ। जिल्लाभरकै सकेर आज अन्तिममा नगरपालिका भैरहेको छ।
यस स्कुलिङमा स्थानीय तहका पुरै कमिटी ,वडाका अध्यक्षसम्म र पालिकामा रहनुभएका प्रदेश समिति सदस्य ,प्रदेश परिषद सदस्य ,जिल्ला समन्वय समितिका सदस्यहरु सबै सहभागी छन् । स्कुलिङ विज्ञहरुको टिमले स्कुलिङ दिईरहेको छ।
आजबाट सुरु भएको स्कलिङ कार्यक्रममा नेकपा माअाेवादि केन्द्रका बैकल्पिक सुरेन्द्र थापा घर्तिकाे प्रमुख अातिथ्यता,नेकपा माअाेवादि केन्द्रका बैकल्पिक केन्द्रीय सदस्यहरु पुर्ण केसि, निमकान्त डाागि, अाश बहादुर पुनमगर, जिल्ला सयाेजक रेशम पुन, प्रदेश समितिका सदस्य मनकुमारि पुन, मानसिह बिक लगायतकाे अातिथ्यामा सम्पन्न भयाे । नगर अध्यक्ष फबिन्द्र आचार्यको अध्यक्षतामा नगर सचीव मोलङ घर्तीको सन्चालनमा उपाअध्यक्ष हरि ओलिको स्वागत मनतब्य राखेका थिए ।


