Yug Post

कृष्णसेन इच्छुक बहु प्राबिधिक शिक्षालयमा गुणस्तरीय शिक्षाका लागी प्रमुख चौधरीले लिए यस्ता योजना

Advertisement

कृष्णसेन इच्छुक बहु प्राबिधिक शिक्षालयमा शिक्षालय प्रमुख मोतिलाल चौधरीले गुणस्तरीय शिक्षा दिलाउन निरन्तर मूल्याङ्कन प्रणालीलाई कार्यान्वयनमा लिएका
छन् ।

घोराही उपमहानगरपालिका गैरागाउ दाङमा अबस्थित कृष्णसेन इच्छुक बहु प्राबिधिक शिक्षालयमा शिक्षालय प्रमुख मोतिलाल चौधरी प्रमुख भएर आएपछि शिक्षालय सुधारको विभिन्न योजना बनाएर त्यसको कार्यान्वयन थालिएको छ।


योजना अनुसार निरन्तर मूल्याङ्कन प्रणालीलाई कार्यान्वयन गरिएको छ। जसले प्रत्येक प्रशिक्षकले प्रत्येक दिन विद्यालयमा गरेको शिक्षण क्रियाकलाप जस्तै प्राक्टिकलका गरेको नगरेको बारेमा शिक्षालय प्रमुखलाई प्रत्येक दिन अपडेट गराउने नियम राखिएको छ। जस अनुसार विद्यालयमा उपस्थित हुने प्रशिक्षक र विद्यार्थीहरुलाई निश्चित टाइम भित्र आएको वा उपस्थित नभएको र आएर केके गरेको अभिलेख राख्ने गरिएको छ।

त्यस्तै गरि प्रमुखलाई पनि विद्यार्थीले मुल्यांकन गर्ने तरिका अपनाईएको छ । प्रमुखको गल्ती कमजोरी औल्याउँदै सुधार्ने सजिलो हुनेछ । ´मैले गरेको कमजोरी विद्यार्थीले भन्ने र विद्यार्थीले गरेको कमजोरी मैले भन्ने हो त्यसपछि शैक्षिक गुणस्तर सुधार गर्न सजिलो हुन्छ त्यसैले यस्तो दोहोर तरिका अपनाएको हो ` शिक्षालय प्रमुखले युगपोष्टसँग बताए ।

अहिले मा यचय विशेष कार्यक्रम सञ्चालन गरिएको छ। लक्षित वर्गले मात्र पढ्न पाउने व्यवस्था छ त्यस व्यवस्थामा थप गरेर सबैले पढ्ने गरी स्वीकृत ल्याउन खोजिएता पनि यसपालि सम्भावना भएन तर आउँदो वर्ष लिने प्रमुख चौधरीले बताएका छन् ।


शिक्षालयमा नर्सिङ कार्यक्रम पनि ल्याउन कोसिस गरिरहे छौ । याहाँबाट हाम्रो प्रक्रिया पूरा गरेर सिटिभिमा गएको बेला एक पटक प्रदेशलाई सोध्नु भन्नू भयो त्यसपछि हामी त्यहीँ अनुसार गएका थियौ प्रदेशले १०० सौयाको हस्पिटलको अनुमति नभएको हुँदा अली अली अफ्ट्यारो भयो भनेर जवाफ् दिएको प्रमुख चौधरीले युगपोष्टसँग बताए ।


कृष्णसेन बहुप्राविधिक शिक्षालयको भौतिक संरचना पूरा भैसकेको छ । अहिले ६०० विद्यार्थीले अध्ययन गरिरहेका छन् तर भौतिक संरचना १००० विद्यार्थी लाई पुग्ने क्षमाता रहेको छ। ५२ जना नियमित तर्फका र ३० जना पार्ट टाईमर प्रशिक्षक र कर्मचारी छन् । जम्मा आवश्यक ११० जना प्रशिक्षक र कर्मचारी हुनुपर्ने हो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search