Yug Post

Day: २ श्रावण २०८१ १३:२२

त्रिशूलीमा  मृत्यु भएका प्रदेशका जिल्लाका नागरिकलाई प्रतिव्यक्ति एक लाख दिने मधेस सरकारको निर्णय

त्रिशूलीमा मृत्यु भएका प्रदेशका जिल्लाका नागरिकलाई प्रतिव्यक्ति एक लाख दिने मधेस सरकारको निर्णय

घाेराही दाङ – मधेश प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताए। ‘दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ’, मुख्यमन्त्री सिंहले रासससित कुरा गर्दै भने, ‘मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।’ मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search