२२ जेष्ठ २०८१ १०:००
२२ जेष्ठ २०८१ १०:००
काठमाण्डौ – भारतको कर्नाटक राज्यको बेंग्लुरुमा रहेको एहलंकामा खाना पकाउने ग्याँस लिक हुँदा भएको घटनामा ज्यान गुमाउने नेपालीको सङ्ख्या ५ जना पुगेको छ । घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका–११ सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए । घाइतेमध्ये ३२ वर्षीय मदन बोहोराको अस्ति आइतवार राति र उहाँकी छोरी ११ वर्षीया निताको हिजो बिहान ज्यान गएको हो । त्यसअघि उहाँकी श्रीमती ३० वर्षीया प्रेमजलाको शनिवार बेलुका ज्यान गएको थियो । मदनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षीय छोरा प्रशान्तको घटना भएकै दिन अघिल्लो बुधवार ज्यान गएको थियो । घटनापछि सबैको स्थानीय भिक्टोरिया अस्पतालमा उपचार भइरहेको थियो । गएको बुधवार…