१४ बैशाख २०८१ १४:३८
१४ बैशाख २०८१ १४:३८
काठमाडौं :मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट र मोहनविक्रमबाट फुटेको नेकपा मशालबीच एकता घोषणा भएको छ । संयुक्त विज्ञप्ति निकाल्दै यी दुई पार्टीले वैशाख १९ गते एकता घोषणा गर्ने जनाएका हुन् । वैशाख १९ मा मे दिवसका अवसरमा एकता हुनेछ । विज्ञप्तिमा क्रान्तिकारी समूह र पार्टीलाई एकता प्रक्रियामा आबद्धता र योगदानका लागि पनि अपिल गरिएकाे छ।