३० कार्तिक २०८० १९:०३
३० कार्तिक २०८० १९:०३
बेइजिङ, ३० कार्तिक । चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । उत्तरी चीनको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । शान्सी प्रान्तको लुलियाङ शहरमा रहेको चार तले भवनमा स्थानीय समय अनुसार बिहान करिब ७ बजे आगलागी भएको थियो । योङ्जु कोइला उद्योग संयुक्त भवनबाट निकालिएका दर्जनौंमध्ये ६३ जनालाई अस्पताल लगिएको थियो। सरकारी सञ्चालित बेइजिङ युथ डेलीले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा पोष्ट गरेको भिडियोमा भवनबाट आगो र बाक्लो धुवाँ निस्किरहेको देखाइएको छ। यो देशकै सबैभन्दा धेरै कोइला उत्पादन गर्ने प्रान्तमा आगलागी भएको हो । सरकारी सञ्चारमाध्यमले यसअघि आगो नियन्त्रणमा आएको जानकारी दिएका…