२६ भाद्र २०८० १४:०२
२६ भाद्र २०८० १४:०२
२६ भाद्र २०८० १३:५४
२६ भाद्र २०८० १३:५४
संसारभरि सबैभन्दा धेरै मृत्युको कारण मुटुरोगलाई मानिएको छ । जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्दै गएको छ। सहरीकरणसँगै बढेको अस्वस्थ जीवनशैलीका कारण पुरुष र महिला दुवैमा हृदयाघातको दर बढ्दो क्रममा छ। विगतमा यो रोग विशेष गरी ४० वर्षभन्दा बढी उमेरका मानिसमा देखिन्थ्यो भने अहिले ४० भन्दा कम उमेरका युवाहरूमा देखिने क्रम बढिरहेको छ। मुटुले रगत पम्प गरेर शरीरभरि फैलाउने गर्छ। तर मुटुलाई काम गर्नका लागि पनि रगतको आवश्यक पर्छ। मुटुले आफ्नै रगत नलीको सहायताले मुटुमा रगत फैलाउँछ। मुटुका नलीमा बोसोजन्य पदार्थ कोलेस्ट्रोल जम्दै जाँदा नली खुम्चिँदै जाने हुन्छ। यसले गर्दा मुटुको नली साँघुरो हुँदै बन्द हुन्छ। जसका कारण मुटुमा…
२६ भाद्र २०८० १३:०८
२६ भाद्र २०८० १३:०८
काठमाडौँ । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो । लेखक पराजुली निमोनियाका कारण अस्पतालमा उपचारार्थ भर्ना हुनु भएको थियो । २०२१ वैशाख १३ कोटेश्वरमा जन्मनु भएका पराजुलीको प्रथम कथा नयाँ सन्देश साप्ताहिकमा प्रकाशन भएको थियो । पराजुलीका कथासङ्ग्रह जन्तर मन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चस्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । उहाँको ‘कोटेश्वरको केटो’ संस्मरण सङ्ग्रहले निकै चर्चा बटुलेको थियो । पत्रकारितामा पनि उहाँ निकै सशक्त रूपमा लाग्नु भएको थियो । उहाँले हिमाल खबर पत्रिका, नागरिक…
२६ भाद्र २०८० १०:१३
२६ भाद्र २०८० १०:१३
पे पाल, एक्स डट कम चलाउँदै आएका एलन मक्सले ट्विटरको लोगो पनि परिवर्तन गर्ने भएका छन् । पहिला ट्विटरको लोगो चरा थियो तर अब त्यसको लोगो एक्स हुने छ । त्यस्तै २९ सेप्टेम्बर पछि ट्विटको ठाउँमा पोस्ट र रिटिविट्को ठाउँमा रिपोष्ट गरेर नाम परिवर्तन भएको छ । एलन मस्कले सोसल मिडियाको क्षेत्रमा कैयौँ परिवर्तन ल्याउने पनि बताइरहेका छन् । स्मरण रहोस्, संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ४४ बिलियन डलरमा ट्वीट्लाई किनेका हुन् । यो सँगै मस्कले यसलाई आकाशमा उडिरहेको स्वतन्त्र चराको रूपमा विकास गर्न चाहन्छन् । अर्थात् सबैलाई आफ्ना विचारहरू व्यक्त गर्न अझ स्वतन्त्रता प्राप्त होस् ।
२६ भाद्र २०८० ०८:०३
२६ भाद्र २०८० ०८:०३
काठमाडौँ – सूर्य विनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि सञ्चालन हुने भएको छ। संविधान दिवसको अवसरमा ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ। रत्नपार्कदेखि जडिबुटी र जडीबुटीदेखि सुर्यविनायक सम्म दुई मार्ग बनाएर एकै दिन सुरु हुने भएको छ। बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याउनुभएको हो । ‘द्रुत बस सेवा’का लागि आवश्यक पर्ने २५ वटा बसहरु तयारी अवस्थामा राखिएको यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए। व्यवसायीहरुसँग सहकार्य गरी उनीहरुकै बसहरु सञ्चालन गर्न लागिएको हो…
२६ भाद्र २०८० ०६:५७
२६ भाद्र २०८० ०६:५७
पूर्व सभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको हृदयाघातबाट निधन भएको छ। सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको हो । नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। गएको मङ्सिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। पूर्व सभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलाम बजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९…
२५ भाद्र २०८० १७:३६
२५ भाद्र २०८० १७:३६
मेलबर्न विश्वविद्यालयमा गरिएको एउटा अनुसन्धान अनुसार ब्रोकाउली भएको प्राकृतिक गुणहरूले श्वास सम्बन्धी रोगहरूको लागि एकदमै फाइदाजनक हुने बताइएको छ । श्वास सम्बन्धी रोगहरूमा अस्थमा, एलर्जिक राइनाइटिस, पल्मोनरी डिजिज लगायतका रोगहरू पर्दछन् । फोक्सोमा देखिने विभिन्न सङ्क्रमणहरू हटाउन पनि ब्रोकाउलीमा भएको नेचुरल कम्पाउन्डले महत्पूर्ण भूमिका निर्वाह गर्दछ । ब्रोकाउली भएको सेल्फोराफेनले वायु प्रदूषणका कारण हुने हानिकारक प्रभावहरूलाई रोक्न पनि सहयोगी हुन्छ । यो तरकारीमा भएको रोग प्रतिरोधात्मक क्षमताका कारण क्यान्सर जस्ता रोगहरूसँग सङ्घर्ष गर्न पनि एकदमै फलदायी हुन्छ ।
२५ भाद्र २०८० १४:२०
२५ भाद्र २०८० १४:२०
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँच पास अवरोध गरेका छन् । । आन्दोलनरत कर्मचारीले औषधि बाहेकका सबै वस्तु पास ठप्प पारेका हुन्। २ साउनमा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । कर्मचारीहरूले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार र मङ्गलवार त्रिभुवन भन्सार कार्यालयबाट हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रूपमा बन्द गर्ने उल्लेख गरेका छन्। ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध…
२४ भाद्र २०८० २०:४१
२४ भाद्र २०८० २०:४१
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले आज उक्त धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो । अदालतका स्रेस्तादार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी रकम भने सबैको फरक फरक छ । धरौटी रकममा शिवजी भट्टसँग रु तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग रु…