१९ कार्तिक २०८० ०८:३८
१९ कार्तिक २०८० ०८:३८
१९ कार्तिक २०८० ०८:३६
१९ कार्तिक २०८० ०८:३६
काठमाडौँ, १९ कार्तिक । नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँछ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो खेल आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ । छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान भने यसअघि नै पक्का गरिसकेका छन् । नेपालले संयुक्त अरब ईमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर आज हुने फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन् । यसैबिच, नेपाल क्रिकेट सङ्घले आज हुने फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत…
१९ कार्तिक २०८० ०८:२९
१९ कार्तिक २०८० ०८:२९
लन्डन, १९ कार्तिक । प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्ने २९ जना लन्डनमा पक्राउ परेका छन् । जातीय घृणा, जातीय उत्प्रेरित अपराध, हिंसा र एक प्रहरी अधिकारीलाई आक्रमण गर्ने जस्ता अपराध गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको लन्डन प्रहरीले जनाएको छ । शनिवार प्यालेस्टिनी समर्थकहरूले लन्डनको मुख्य सडकमा र्याली निकालेका थिए । लन्डनको मेट्रोपोलिटन पुलिस सेवाका अनुसार हजारौँ प्रदर्शनकारीहरू विरोधका लागि ट्राफलगर स्क्वायरमा भेला भएका थिए र धेरैजसो शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका थिए। लन्डन प्रहरीका अनुसार एक व्यक्तिले आफ्नो भाषणको क्रममा शान्ति विरोधी टिप्पणी गरेका थिए । सो संदिग्धलाई पहिचान प्रविधि प्रयोग गरी सामाजिक सञ्जालबाट पहिचान गरेर पक्राउ गरिएको छ, प्रहरीले भन्यो । पक्राउ…
१९ कार्तिक २०८० ०८:१९
१९ कार्तिक २०८० ०८:१९
वासिंगटन डिसी, १८ कार्तिक । गाजामा मानवीय अवस्था बिग्रँदै गएपछि इजरायल र हमासबीचको शत्रुतामा युद्ध विरामको लागि आह्वान गर्दै शनिवार वासिङ्टन, डिसी र युरोपका प्रमुख सहरहरूमा हजारौँ प्रदर्शनकारीले जुलुस निकालेका छन्। अमेरिकाको सङ्घीय राजधानी वासिङ्टन, डिसीमा प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूको भीड शनिवार दिउँसो संयुक्त राज्य अमेरिकाको राजधानीको ‘फ्रिडम प्लाजा’ मा भरिएको थियो । सो क्रममा प्रदर्शनकारीका तर्फबाट बोल्दै वक्ताहरूले गाजामा युद्ध विराम र इजरायललाई अमेरिकी सहयोग अन्त्य गर्नका लागि सार्वजनिक रूपमा आह्वान गरेका थिए । नेशनल मल र ह्वाइट हाउस नजिकै रहेको फ्रिडम प्लाजा रातो, हरियो र कालो पहिरन र प्यालेस्टिनी झन्डा फहराउने नाराबाजी गर्ने प्रदर्शनकारीहरूले भरिएको थियो । कार्यक्रम आयोजकहरूले…
१९ कार्तिक २०८० ०८:१५
१९ कार्तिक २०८० ०८:१५
जर्मन, १९ कार्तिक । जर्मनीको ह्याम्बर्ग एयरपोर्टमा एक कार सवारी चालकले हावामा गोली चलाएर सो क्षेत्रमा सनसनी मच्चाएको छ । शनिवार राती ८ बजे एक कार सवारले ब्यारियर तोडेर विमानस्थलको मैदानमा प्रवेश गरी दुई पटक हावामा गोली चलाए पछि विमानस्थलमा खैलाबैला मच्चिन पुगेको हो । उक्त कार सवारको कार्यका कारण ह्याम्बर्ग एयरपोर्टमा हलचल मच्चिएको थियो । यसपछि लगत्तै विमानस्थल बन्द गरियो । प्रहरीले भने कोही पनि घाइते नभएको तर विमानस्थलले तत्कालका लागि उडान र अवतरणका लागि बन्द गरेको घोषणा गर्नुसमेत परेको थियो । गोली हानेपछि व्यक्तिले कारबाट दुई वटा जलिरहेको बोतल फ्याँकेको प्रहरीले जानकारी दिएको छ । जर्मन प्रहरी प्रवक्ताले आक्रमणकारीको कारमा…
१८ कार्तिक २०८० २१:२२
१८ कार्तिक २०८० २१:२२
काठमाडौँ, १८ कार्तिक । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ। यसमध्ये महिला ९९ जना छन् भने ५८ जना पुरुषको मृत्यु भएको छ। जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ। यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। घाइतेको सङ्ख्या १६६ पुगेको छ।
१८ कार्तिक २०८० २१:०४
१८ कार्तिक २०८० २१:०४
काठमाडौँ, १८ कार्तिक । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘पुतली बाजे’को निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । नेपालका पुतलीहरूको बारेमा लामो अनुसन्धान गरेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथको निधनमा गहिरो दुःख व्यक्त गरेको हुन । ‘पुतली बाजे’ले चर्चित अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथको आज बिहान पोखरामा निधन भएको थियो । उनले यसरी सम्झिए: मेरा आदरणीय गुरु तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथ, जसलाई स्नेह भावका साथ ‘पुतली बाजे’ भनिन्थ्यो, को आज कार्तिक १८का दिन पोखरामा भएको आकस्मिक निधनबाट निःशब्द छु। केही वर्ष पहिले पोखरामा वहॉसंग भेट हुँदा मैले सोधेको थिएँ- ‘तपाईँलाई के इच्छा छ, सर,मैले के गर्न सक्छु…
१८ कार्तिक २०८० ०७:३६
१८ कार्तिक २०८० ०७:३६
काठमाडौँ । जाजरकोट। रामीडाँडा केन्द्रबिन्दु भएर राती ११.४८मा आएको भूकम्पबाट जनधनको ठुलो क्षति भएको जानकारी प्राप्त हुन आएको छ । ६.४ रेक्टरको भूकम्पबाट अहिलेसम्म नलगाड नगरपालिकाको उपमेयर सुनिता सिंह लगायत १३१ जनाको मृत्यु भएको सूचना प्राप्त भएको छ । प्रत्यक्षदर्शीका अनुसार भूकम्प प्रभावित स्थलमा सग्ला घर देख्ने अवस्था नै छैन । सदरमुकाम खलङ्गामा उपमेयर सिंह बसेको घर भत्किँदा उनको निधन भएको हो । भूकम्प पीडितहरूको राहत तथा उद्धारको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसमेत घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।
१७ कार्तिक २०८० १७:४९
१७ कार्तिक २०८० १७:४९
नेपालगन्ज, १७ असोज । नेपालगन्जका चेतन मानन्धरका हत्या अभियुक्त रिगल भनिने योगराज ढकाललाई बाँके कारागार चलान गरिएको छ। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद माफी गरेका थिए। तर, उक्त निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरेपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए। बिहीबार पक्राउ परेका उनलाई शुक्रवार बाँके जिल्ला अदालतमा पेस गरिएकोमा अदालतले कारागार चलान गरेको हो। रिगलमाथि २०७२ साल असार २८ गते नेपालगन्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग छ। हत्या आरोप पुष्टि भएका रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
१७ कार्तिक २०८० १५:०४
१७ कार्तिक २०८० १५:०४
काठमाडौँ, १७ कात्तिक । काठमाडौँमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ । फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुने भएसँगै नेपाल विश्वकपमा छनोट भएको हो । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो । नेपाललाई जिताउन आसिफ शेखले ५० बलमा ६३ रन जोडेर नट आउट रहे । कप्तान रोहित पौडेल पनि २१ बलमा ३५ रन जोडेर नट आउट रहे । यसअघि मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । नेपालका लागि कुशल…