१८ आश्विन २०८० १९:२९
१८ आश्विन २०८० १९:२९
काठमाडौँ, आश्विन १८ गते । वंश–रत्न स्मृति कोषले तीन जना मानववादी व्यक्तित्वहरूलाई सम्मानित गर्ने भएको छ । सम्मानित हुनेहरूमा दार्शनिक व्यक्तित्वहरू मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र भारतीय सामाजिक अभियन्ता प्रा.डा.नरेन्द्र नायक हुनुहुन्छ । कुरीति, कुसंस्कार, अन्धविश्वास र सबै खाले विभेदका विरुद्ध एवं मानववादको पक्षमा काम गर्ने विभिन्न क्षेत्रका एक जना व्यक्तित्व अथवा संस्थालाई हरेक वर्ष एक लाख नगद सहित सम्मान तथा पुरस्कार गर्ने कार्यक्रम अनुसार आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विशेष समारोहका साथ सम्मान गर्न लागिएको ट्रस्टकी अध्यक्ष सुश्री सन्त कुमारी श्रेष्ठ(सन्तु श्रेष्ठ)ले जानकारी गराउनु भयो । पुरस्कार निर्णायक समितिको निर्णय अनुसार २०७८का लागि मोहनविक्रम सिंह, २०७९को लागि श्याम श्रेष्ठ…