Skip to main content

Yug Post

मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र नरेन्द्र नायक सम्मानित हुने

मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र नरेन्द्र नायक सम्मानित हुने

मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र नरेन्द्र नायक सम्मानित हुने

काठमाडौँ, आश्विन १८ गते । वंश–रत्न स्मृति कोषले तीन जना मानववादी व्यक्तित्वहरूलाई सम्मानित गर्ने भएको छ । सम्मानित हुनेहरूमा दार्शनिक व्यक्तित्वहरू मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र भारतीय सामाजिक अभियन्ता प्रा.डा.नरेन्द्र नायक हुनुहुन्छ । कुरीति, कुसंस्कार, अन्धविश्वास र सबै खाले विभेदका विरुद्ध एवं मानववादको पक्षमा काम गर्ने विभिन्न क्षेत्रका एक जना व्यक्तित्व अथवा संस्थालाई हरेक वर्ष एक लाख नगद सहित सम्मान तथा पुरस्कार गर्ने कार्यक्रम अनुसार आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विशेष समारोहका साथ सम्मान गर्न लागिएको ट्रस्टकी अध्यक्ष सुश्री सन्त कुमारी श्रेष्ठ(सन्तु श्रेष्ठ)ले जानकारी गराउनु भयो । पुरस्कार निर्णायक समितिको निर्णय अनुसार २०७८का लागि मोहनविक्रम सिंह, २०७९को लागि श्याम श्रेष्ठ…
Read More
चन्द्रमा र मङ्गल ग्रहसहित १२ वटा उल्का पिण्डका टुक्रा जोडेर बनाइयो घडी

चन्द्रमा र मङ्गल ग्रहसहित १२ वटा उल्का पिण्डका टुक्रा जोडेर बनाइयो घडी

जेनेभा, १३ असोज । आकाशबाट उल्का पिण्ड झर्नु सामान्य कुरा हो । तपाईँले पनि यस्ता धेरै घटना देख्नु भएको होला । तर के तपाईँलाई थाहा छ आकाशबाट खस्ने यी उल्का पिण्डलाई घडी बनाउन पनि प्रयोग गर्न सकिन्छ भनेर । आउनुहोस् हामी तपाईँलाई यो विशेष घडीको बारेमा बताउँछौँ र यसको मूल्य कति छ भनेर पनि बताउँछौँ। लेस एटेलियर्स लुइस मोइनेट एक स्विस कम्पनी हो। यो विशेष घडी बनाउनको लागि विश्व परिचित छ। अहिले यो कम्पनीले केही यस्ता घडी बनाएको छ, जसको चर्चा विश्वभर छ । वास्तवमा यी घडीहरू बनाउन उल्का पिण्डका टुक्राहरू प्रयोग गरिएको छ। यो घडी बनाउन १२ विभिन्न प्रकारका उल्का पिण्डका…
Read More
किन एमसीसीको घाँडो ?

किन एमसीसीको घाँडो ?

* *  *  भैरव रिसाल नेपालमा हामी धेरैमा विदेशी सहायताबारे व्यापक भ्रम छ । त्यो भ्रम हो नेपालको विकासमा विदेशी सहायता जरुरी छ भन्ने । यो यथार्थ होइन । यसको मनसाय कदापि यो पनि होइन कि विदेशी सहायता जरुरी नै छैन । विदेशी सहायताको स्वरूप एवं प्रवृत्ति केही समयदेखि बदलिएको छ । आज वैज्ञानिक समुन्नति एवं व्यापकताले गर्दा अलिकति हुनेखाने भएपछि सानो राष्ट्र पनि बजार खोज्न थाल्छ । आफ्ना उत्पादनले सुरक्षित बजार पाओस् र पाओस् आफ्नो  नागरिकले रोजगारी पनि । ती विपन्न देशमा पुग्नुपर्दो । आजको विश्व वातावरण यस्तो भइसक्यो रित्तो हात आउनेलाई कोही पनि स्वागत गर्न उत्सुक देखा पर्दैन ।…
Read More
माथिल्लो मैलुङ खोलाको आइपिओ खुल्यो

माथिल्लो मैलुङ खोलाको आइपिओ खुल्यो

काठमाडौँ, १८ असोज । माथिल्लो मैलुङ खोलाको बिहीबारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपिओ जारी गरेको हो । यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ । यसै गरी, आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर अब सर्वसाधारणलाई आइपिओ ल्याइएको हो । अब १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।…
Read More
जब आमाले आफ्नै छोरा मारेर टाउको पकाएर खाइन्

जब आमाले आफ्नै छोरा मारेर टाउको पकाएर खाइन्

  कायरो, १८ असोज । इजिप्टको राजधानी कायरोमा एक निर्दयी आमाले आफ्नै ५ वर्षीय निर्दोष छोराले मारेर खाएकी छिन । सुरुमा उनले चक्कुले काटेर छोराको हत्या गरिन र त्यसपछि उनको टाउको काटेर खाइन् । जुन घटना समाचार अहिले बाहिरिए पछि विश्व स्तब्ध भएको छ । पाँच वर्षीय छोराको टाउको काट्ने ती आमाले आफ्नो छोरो सधैँभरि साथमा रहोस् भन्ने चाहना राखेको र त्यही भएर यस्तो गरेको बताएकी छिन । प्रहरीका अनुसार कायरोमा हाना मोहम्मद हसन नामकी २९ वर्षीय महिलाले खाना खानु अघि छोराको चक्कुले टाउको काटेर हत्या गरेकी हुन । प्रहरीका अनुसार आमाले चक्कुले छोराको टाउको काटेर पानीमा तताएर खाएकी थिइन्…
Read More
जापानमा गयो भूकम्प, मौसम विभागले दियो सुनामीको चेतावनी

जापानमा गयो भूकम्प, मौसम विभागले दियो सुनामीको चेतावनी

टोकियो, १८ असोज । जापानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता ६ दशमलव ६ रहेको बताइएको छ । जापानी समय अनुसार अक्टोबर ५ मा बिहान १ बजे भूकम्प गएको थियो । यसपछि जापानी मौसम विज्ञान एजेन्सीले पनि सुनामीको चेतावनी दिएको छ । मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटर अग्लो छालको पूर्वानुमान गरेको छ भने पूर्वमा चिबा प्रिफेक्चरदेखि पश्चिममा कागोशिमा प्रिफेक्चरसम्म फैलिएको क्षेत्रमा ०.२ मिटरसम्म छाल आउने अनुमान गरिएको छ। सावधानीका रूपमा तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान सल्लाह दिइएको छ।
Read More
नियमित दूध लगाउँदा आउनेछ मुहारमा चमक

नियमित दूध लगाउँदा आउनेछ मुहारमा चमक

काठमाडौँ, । गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ। त्यसैले मौसमलाई बिर्सनु हुँदैन। यसका लागि घरेलु उपचार उत्तम हुन्छ। आज हामी यस लेखमा तपाईँलाई दूधको प्रयोगको बारेमा बताउन गइरहेका छौँ, जसले तपाईँको अनुहारलाई चम्किलो राख्छ। – यदि तपाईँले आफ्नो अनुहारमा दूध लगाउनुभयो भने, तपाईँ सन टेनिंगबाट छुटकारा पाउनुहुनेछ र घामबाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्दत पुग्नेछ । र, छालाको टोनिंगको लागि पनि दूध उपयुक्त हुन्छ । -  नियमित दूधको प्रयोगले मुहारको छालामा देखा परेका काला धब्बा हराउँदै जानेछ । र, साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुदैँजान्छ…
Read More
डिभी आवेदन खुल्यो

डिभी आवेदन खुल्यो

काठमाडौँ, १८ असोज । सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) बुधवार रातीबाट खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली समय अनुसार बुधवार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो । यो कात्तिक २१ गते नेपाली समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । अमेरिकाले हरेक वर्ष डिभी भरेकाहरूलाई चिट्ठामार्फत अमेरिका लैजाने गरेको छ । डिभी परेर अमेरिका जानेहरूले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।
Read More
सिक्किममा ताल फुटे पछिको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, अझै १०२ बेपत्ता

सिक्किममा ताल फुटे पछिको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, अझै १०२ बेपत्ता

दार्जिलिङ, १८ असोज । सिक्किमको लोनाक ताल फुटेर आएको बाढीमा परी अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । सो तालको करिब ६५ प्रतिशत (१६५ हेक्टर)  भाग फुटेर नष्ट भएको छ भने ताल फुटे पछि आएको बाढीले तटीय क्षेत्रलाई तहसनहस बनाएको छ । टिस्टा नदीमा अचानक बाढी आए पछि सेनाको क्याम्पलगायत धेरै भौतिक संरचना ध्वस्त हुन पुगेका छन् । यसैबिच, भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले केही स्याटलाइट तस्बिरहरू सार्वजनिक गरेको छ, जसलाई हेरे पछि तालको पानी कसरी सकियो र बाँकी भाग सुक्खा रह्यो भन्ने स्पष्ट हुन्छ। उसका अनुसार सिक्किममा भीषण वर्षा भयो र त्यसपछि आएको बाढीले राज्यमा धेरै विनाश गरेको हो। जसका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search