११ आश्विन २०८२ २१:०९
११ आश्विन २०८२ २१:०९
११ असोज, काठमाडौं । वर्षमान पुन अनन्तले दोस्रो तेस्रो पुस्ता आउनु पर्यो भन्ने बाताबरण बन्यो भने मात्र अगाडी बढ्ने नत्र आफू त्याग गर्न तयार भएको बताएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा पुनले राजनीतिक अभिभावकको रुपमा प्रचण्ड रहने भए पनि संगठनको नेतृत्वको रुपमा अघि नबढ्ने बताएका हुन् । ‘कमरेड प्रचण्ड विशेष महाधिवेशनमा अध्यक्षको रुपमा रहनुहुन्नँ, उहाँ प्रतिस्पर्धामा नै आउनुहुन्नँ । उहाँले भनिसक्नुभएको छ, उहाँले प्रतिस्पर्धा नै गर्नुहुन्नँ,’ पुनले प्रष्ट भनेका छन्, ‘उहाँको भूमिका अलग होला, राजनीतिक अभिभावकको रुपमा रहनुहोला । तर, संगठनको रुपमा उहाँ अध्यक्ष बनेर प्रतिस्पर्धा गर्नुहुन्नँ प्रचण्डपछि दोस्रो तहका नेताहरू आउनुपर्यो भनेको खण्डमा आफूहरू…