Yug Post

Day: २८ श्रावण २०८२ २२:१६

नेकपा ( माओवादी केन्द्र ) माडीगाउँ  कमिटीले जबसको भेला सम्मेलन तिब्र

नेकपा ( माओवादी केन्द्र ) माडीगाउँ कमिटीले जबसको भेला सम्मेलन तिब्र

नेकपा ( माओवादी केन्द्र ) माडी गाउँ कमिटीले जबसको भेला सम्मेलन तिब्र पारेको छ। अनेम संघ ( क्रान्तिकारी ) माडी ३ मा बैठक गरेको दुई दिनपछि आज २ नम्बर वडा अन्तर्गत घर्तिगाउँमा बैठक सम्पन्न भएको छ । बैठकमा विभिन्न प्रस्तावहरु मा छलफल गरेर महत्त्वपूर्ण निर्णय गरेको पार्टी पालिका अध्यक्ष बसन्तले बताएका छन । बैठकमा उत्साहपुर्ण उपस्थिति रहेको थियो ।
Read More
नापी कार्यालय प्रमुखलाई नेकपा(बहुमत)ले किन कालोमोसो दल्यो

नापी कार्यालय प्रमुखलाई नेकपा(बहुमत)ले किन कालोमोसो दल्यो

काठमाडौं । धर्मेन्द्र बास्तोला‘कञ्चन’ नेतृत्वको नेकपा(बहुमत)ले एकजनालाई मोसो दलेको छ । मंगलबार चितवनको खैरहनी नगर कमिटीले नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुखलाई कार्यकक्षमै कालो मेसो दलेको पार्टी स्रोतले बताएको छ । भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध मोसो अभियान चलाइरहेको बहुमतले पछिल्लो समय त्यसलाई तिब्रता दिइरहेको छ । सरकार र सराकारी संयन्त्रबाट तिब्र असन्तुस्टी जनाइरहेका जनताबीच लोकप्रिय बन्दै गएको बहुमतले हालै मात्र न्यायाधीशहरुलाई बिरगञ्ज इजलाशभित्रै गएर मोसो दलेपछि देशमा सो पार्टीले थप चर्चा बटुलिरहेको छ । चितवनको खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्सालले भ्रष्टाचार गरेको र जनतालाई अनावश्यक दुःख दिने गरेकोले मोसो दलेको एक नेताले अनलाईन डबलीलाई जानकारी दिए । लम्साल…
Read More
रविले बिगो स्वीकार गर्नु ,अपराध स्वीकार गर्नु हो :  महेश बर्तौला

रविले बिगो स्वीकार गर्नु ,अपराध स्वीकार गर्नु हो : महेश बर्तौला

नेकपा (एमाले )का प्रमुख सचेतक महेश बर्तौलाले रवि लामिछानेले अपराध स्वीकार गरेको बताएका छन् । रवि लामिछानेले २ करोड ७५ लाख बैंक जमानत बुझाएर बाहिरै बसेर मुद्दा लड्न पाउँ भनी अदालतमा निवेदन दिएका थिए । त्यसमा अदालतले अस्वीकार गरेको छ । नेकपा (एमाले )का प्रमुख सचेतक महेश बर्तौलाले लामिछानेलाई बिगो स्वीकार गरी अदालतमा निवेदन दिनु अपराध स्वीकार्नु भएको हो। भनेर बताएका छन् ।
Read More
संस्कृति मन्त्री बद्री पाण्डे र स्वामी रमणानन्दद्वारा लड्केश्वर निशानीको संयुक्त अनावरण

संस्कृति मन्त्री बद्री पाण्डे र स्वामी रमणानन्दद्वारा लड्केश्वर निशानीको संयुक्त अनावरण

पनौती, काभ्रे, श्रावण २७ – विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धामले निरन्तर धार्मिक तथा सांस्कृतिक गौरवको नयाँ आयाम थप्दै आएको छ । हालै सम्पन्न भएको विश्वकै अग्लो शिव त्रिशूल निर्माण र ७७ वटै जिल्लामा सम्पन्न भव्य रथयात्रापछि आज पुनः अर्को ऐतिहासिक क्षण धामको काखमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र सन्त समाजका तर्फबाट श्री १००८ स्वामी रमणानन्द महाराजको संयुक्त करकमलबाट लड्केश्वर धामको विशेष ‘निशानी’ अनावरण गरिएको हो । कार्यक्रममा विद्वान प्रा. डा. भवानी खतिवडा, भारतको नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य ज्यो. लक्ष्मण पन्थी, राजनीतिज्ञ मधु आचार्य, पनौती नगरपालिका मेयर रामसरण…
Read More
यस्तो छ आजको सुनको दररेट

यस्तो छ आजको सुनको दररेट

काठमाण्ठौ – सुनको भाउ दुई दिनमा दुई हजार चार सय रुपैयाँले घटेको छ । हिजो तोलामा एक हजार एक सय रुपैयाँले घटेको सुन आज पनि एकैदिन एक हजार तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई…
Read More
अदालतले रवि लामिछानेलाई  झण्डै २ करोड ७५ लाख बैंक जमानत बुझाएर छोड्न किन अस्विकार गर्‍यो

अदालतले रवि लामिछानेलाई झण्डै २ करोड ७५ लाख बैंक जमानत बुझाएर छोड्न किन अस्विकार गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बैंक जमानत लिई आफूलाई थुनामुक्त गर्न गरेको आग्रहलाई जिल्ला अदालत रूपन्देहीले थुनामुक्त गर्न नमिल्ने आदेश गरेको छ। लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा उच्च अदालत तुलसीपुर–बुटवल इजलासले गत चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। चैत २५ गतेदेखि उनी भैरहवा कारागारमा छन्। त्यसअघि गत माघ १३ गते जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटी लिएर छाड्ने आदेश गरेको थियो। लामिछानेले आफूलाई धरौटी नलिई सामान्य तारेखमा छोड्न माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल–इजलासमा निवेदन दिएका थिए। लामिछानेको निवेदन उपर भएको बहसपछि न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले पुर्पक्षका लागि…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search