२ श्रावण २०८२ २१:१८
२ श्रावण २०८२ २१:१८
रोल्पा, टेक मगर— त्रिवेणी गाउँपालिका–४, निगालपानीमा अवस्थित श्री निगालपानी कृषि सहकारी संस्था लि. ले कोल्डच्याम्बर स्थापना गरेको छ। यस सहकारीले संघीय सरकारबाट प्राप्त ७ लाख रुपैयाँ बराबरको बजेट सहयोगमा कोल्डच्याम्बर स्थापना गरिएको हो। सहकारीका अनुसार कोल्डच्याम्बर स्थापनासँगै कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य नाशिने वस्तुहरू लामो समयसम्म भण्डारण गर्न सहज हुनेछ। यसले कृषकलाई न्युन मूल्यमा उत्पादन बेच्नबाट जोगाउने र उचित मूल्यमा बजार प्रविष्ट गराउन मद्दत गर्ने अपेक्षा गरिएको छ। हालसम्म ६ लाख ९९ हजार ९९९ रुपैयाँ ९७ पैसा बराबरको लागतमा कोल्डच्याम्बर बनाइएको सहकारीले जनाएको छ। यस योजनाबाट स्थानीय कृषकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने र कृषि क्षेत्रमा थप व्यवसायिकता…