काठमाडौँ — भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको गोप्य अडियो ३२ लाख घुस काण्ड यसरी बाहिरिएको थियो।
पोखरा बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घूसको पौसा जेब्रा झोलामा बोकेर एमालेका स्थानीय नेतासमेत रहेका बिचौलिया सुजन लामा र रमालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारी भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको मन्त्री क्वाटरमा पुगे तर लामाले रामचन्द्र मात्र भित्र पठाएँ, आफू बाहिरनै बसे र मन्त्री क्वार्टरबाट फर्कदा खाली आयो नै आए यसको अर्थ उनले बुझाएर आए मन्त्रीले बुझे स्पष्ट हुन्छ ।
बुधबार सार्वजनिक भएको अडियोमा घूस लेनदेन र ‘सेटिङ’ मा लामाले मन्त्री अधिकारीका छोरा मनोज, भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल समेत सकृय बनाएको देखिन्छ ।
बिचौलिया लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्थामन्त्री अधिकारी, सचिव पोखरेल लगायतले लिएको घूस, मन्त्री र सचिवको पोखरा भ्रमण व्यवस्थापन र अन्य गरेर डेढ करोड खर्च भएको सार्वजनिक भिडियोमा सुनिन्छ । यो सब खर्च मन्त्रीलाई प्रभावमा पार्न गरेको भन्ने बुझ्न् कठिन छैन ।
लामाले र मालपोत कार्यालयको हाकिमले बाटुले चौर को जग्गा सेटिङमा दर्ता गर्ने घुस भन्दा बढी प्रभाव पार्न सक्ने महाबिचौलिया प्रकाश दाहाल, आर्यन शर्मा लगायतका समूहले मन्त्री अधिकारी र उनका छोरा मनोज पोखरा पुगेको बेला प्रभावमा पारेर पैसाको चलखेल गरी मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई नै रामचन्द्रलाई कास्कीबाट लमजुङ सरुवा हान्दिए ।
अडियोमा बिचौलिया लामाले मन्त्री अधिकारीसँग भेट भएको दाबी गरेका छन् । ‘हिजो भूमिमन्त्रीसँग भेटघाट भएको थियो मेरो । तपाईं किन पहिल्यै नआएको ? तपाईंको नाम मात्रै सुनेको हो मैले सुजन भाइ, तपाईं त मेरा सबै भाइहरूसँग नजिक, तपाईं त मेरो परिवार जस्तै रहेछ, तपाईं पहिला किन मसँग भेट्न आउनुभएन ? तपाईंले खेम पुन कि खेम पुन भनी अडान लिएको भए, यै कुरा पाँच दिन अगाडि भनेको भए म खेम पुनलाई गरिदिन्थें भनेर मन्त्रीले अनिल मरासिनीका अगाडि भन्नुभयो मलाई, अडियोमा लामाले भनेका छन् ।
सुजन लामाले गरेको खर्च र सेटिङले काम नगरेको हुँदा यो गोप्य अडियो सार्वजनिक गरेको बुझिन्छ । एउटा सकारात्मक पक्ष जसले गर्दा मन्त्रीको पद च्युत भएको छ। अरु कता कता असर पर्ने छ।


