Yug Post

प्रचण्ड खोज्दै खुमालटार पुगेका शेखरले दुई घण्टा सम्म छलफल गरे

Advertisement

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र बीच दुई घण्टा लामो वार्ता भएको छ।

केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारसँग असन्तुष्ट शेखर आफैं प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग वार्ताका लागि खुमलटार पुगेका हुन् ।

दुईजनाबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ।

कांग्रेस–एमाले सरकार गठन भएको एक वर्ष पुगि रहँदा कांग्रेसका एकजना नेता कोइराला प्रमुख प्रतिपक्षीकहाँ पुगेका हुन् । शेखरले यसअघि पनि सार्वजनिक रुपमै सरकारको कडा आलोचना गर्दै आएका छन् । दुईतिहाइ नजिकको सरकार भए पनि जनताका अपेक्षा पूरा गर्न नसकेको भन्दै शेखर विकल्पको खोजीमा लागेका छन् ।

यस्तोमा उनी खुमलटार पुगेका हुन् । सरकार एक वर्षे कार्यकालको समीक्षामा लागिरहेका बेला शेखरले प्रचण्डसँग गरेको कुराको विस्तृत विवरण आएको छैन

प्रचण्डले आफूलाई हटाएर सात दलीय गठबन्धन सरकार बनेदेखि भ्रष्टाचार बढेको, हरेक क्षेत्रमा बेथिति देखिएको पनि बताउँदै आएका छन् । सरकारले हिनामिना र अनियमिततामा मुछिएका आफूनिकटलाई जोगाएर प्रतिपक्षी र अन्यलाई मात्रै डाम्ने गरेको आरोप लगाएको सन्दर्भमा शेखरसँग वार्ता गरेका हुन् ।

केपी नेतृत्वको सरकारका मन्त्रीहरु भटाभट भ्रष्टाचार मुद्दामा आरोपित भैरहेको अवस्थामा सत्तारूढ दलका नेता प्रमुख प्रतिपक्षी दलको नेता खोज्दै गएर लामो वार्ता हुनु रहस्यमयरुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search