२६ असार २०८२ २१:५३
२६ असार २०८२ २१:५३
लिङदुङ खोला गाँउटाकुरा लिफ्ट सिंचाइ योजनाको परिक्षण सफल भएको छ। लिङदुङ खोलाबाट लिफ्ट गरेर पानी गाउँटाकुरा पुर्याएको छ। कुनै बेला खानेपानीको अभाव हुने स्थानमा अहिले सिंचाइको व्यवस्था भएपछि उपभोक्तहरुमा खुसियाली छाएको छ। एकीकृत नदिबेसिन सिंचाइ जलस्रोत ब्यबस्थापन केन्द्रीय बजेट कार्यक्रम अन्तर्गत अनुमानित ६५ लाख बजेटमा योजना सम्पन्न भएको हो। लिङ्दुङ खोलाबाट १२५० मीटर लम्बाईमा रहेको पानी गाउँटाकुरा पुगेको हो। बजेटको लागी पहल गर्ने वडा अध्यक्ष , रेशम पुन ´ ´चट्याङ` , माननीय दीपेन्द्र कुमार पुन ´सिजल ` र केन्द्रबाट पहल गर्ने अर्थमन्त्री वर्षमान पुनलाई उपभोक्ताहरुले धन्यवाद दिइरहेका छन् ।