अर्घाखाँचीमा छोराले दाउरा प्रहार गरेर ७० वर्षीया वृद्ध बुवाको हत्या गरेका छन् ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१२ डिभर्ना बार्सखर्क गाउँका ७० वर्षीय जंगबहादुर नेपालीलाई झड्केलो छोरा ४० वर्षीय झुपे नेपालीले दाउराले टाउको हानेर बुधबार दिउँसो घरमै हत्या गरेको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए ।
रिसको झोकमा झुपेले कुटपिट गरेर बुबाको हत्या गरेपछि शवलाई मलभित्र पुरेका थिए । मदिराले मात्तिएका झुपेलाई दुई महिनाअघि पनि अभद्र व्यवहारमा प्रहरीले पक्राउ गरेको थियो ।


