Yug Post

Day: १५ जेष्ठ २०८२ २०:०८

बम विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुरले सफाई

बम विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुरले सफाई

पर्सा —रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत रौतहटको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्‍न दिएको आदेश सदर गरेको थियो । रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय पाउनेहरूमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी रहेका छन् । पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको…
Read More
बुटवल हत्या अपडेट : आममाफी पाएर छुटेका पूर्व श्रीमानले पत्नीसहित दुई छोरीको गरे हत्या

बुटवल हत्या अपडेट : आममाफी पाएर छुटेका पूर्व श्रीमानले पत्नीसहित दुई छोरीको गरे हत्या

रुपन्देही, बुटवल — रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ स्थित होराइजनचोकको मिलिजुली पथमा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ। ३४ वर्षीया दीपा बस्याल र उनका दुई सन्तान—चार र सात वर्षकी छोरीहरू—बुधबार बिहान घरमै मृत अवस्थामा फेला परेका छन्। घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले पूर्व श्रीमान सुजन कोइरालाले बिहान करिब ४ बजेतिर आफ्नै घरमा बोलाएर तीनै जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। उनका अनुसार हत्यामा घरेलु हतियार हेम्बर र धारिलो चक्कुको प्रयोग गरिएको थियो। दीपा बस्यालको केही समयअघि सुजनसँग सम्बन्ध विच्छेद भएको थियो। त्यसपछि उनले अर्कैसँग विवाह गरेर गएकी थिइन्। घटनाको दिन सुजनले दीपालाई छलकपटपूर्वक…
Read More
बुटवलमा एक आमासहित २ बच्चाको बीभत्स हत्या

बुटवलमा एक आमासहित २ बच्चाको बीभत्स हत्या

बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलीजुली पथमा उनीहरूको हत्या भएको हो ।  अन्दाजी २७ वर्षीय महिला र छोरा र छोरीको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरीले जनाएको छ । बालबालिका ७ र ४ वर्ष रहेको डिएसपी रानाले एकबताएका छन् ।  हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०–३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।    घटनाको सम्पूर्ण विवरण आउन बाँकी
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search