२९ बैशाख २०८२ १९:३४
२९ बैशाख २०८२ १९:३४
रुकुम पश्चिम, सानीभेरी — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० तिमिलेमा स्कोरपियो दुर्घटनामा परि एक दम्पतीको मृत्यु भएको छ। कुलपूजामा सहभागी हुन गएका उनीहरू सवार गाडी आज दिउँसो दुर्घटना हुँदा श्रीमान् घटनास्थलमै र श्रीमतीको उपचारका क्रममा ज्यान गएको हो। लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको डबल क्याप स्कोरपियो दाङबाट रुकुमतर्फ आउँदै गर्दा तिमिलेमा दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले जानकारी दिए। दुर्घटनामा परी सानीभेरी–१० सार्कीमारे स्थायी घर भई हाल दाङमा बस्दै आएका ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको हो। उनकी ४४ वर्षीया श्रीमती लीला ओलीको चौरजहारी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो। गाडीमा सवार नरबहादुरकी माइली आमा र…