१९ बैशाख २०८२ २०:४४
१९ बैशाख २०८२ २०:४४
रोल्पा — त्रिवेणी गाउँपालिका–७ खर्कमा हिजो परेको असिनाले स्थानीय किसानका तरकारी बालीमा ठूलो क्षति पुर्याएको छ। असिनाबाट करिब १ करोड २८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। त्रिवेणी गाउँपालिकाका कृषि प्राविधिक र वडा नम्बर ७ का कृषि प्राविधिकको टोली सम्बन्धित ठाउँमै गएर किसानहरूको के कति क्षति भयो भनेर अवलोकन गरेको छ। कृषि प्राविधिकको अनुसार कति नोक्सानी भयो भनेर एकिङ्को साथ भन्न नसकिने बताएका छन्। सम्पूर्ण क्षति तरकारीहरूको डाटा सङ्कलन गरेको कारण अहिले नै यति नै भयो भनेर भन्न नसकिने तर आइतबारसम्म कति नोक्सानी भएको भनेर जानकारी दिने कृषि प्राविधिकले बताएका छन्। प्रभावित बालीहरूमा मुख्यतः बन्दा, टमाटर, गोलभेंडा,…