११ बैशाख २०८२ १८:०७
११ बैशाख २०८२ १८:०७
चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल ‘शिलापत्र वर्षव्यक्ति २०८१’ चयन भएकी छन् । शिलापत्रको वर्षव्यक्तिले विधाविज्ञको रायमा मनोनयन र पाठकहरूको मतका आधारमा दाहाल ‘वर्षव्यक्ति’ चुनिएकी हुन् । देशभरका महानगरमध्ये लगातार सर्वोत्कृष्ट बन्दै दाहाल नेतृत्वको भरतपुर महानगर विकासको गतिमा लम्किरहेको छ । सफल नेतृत्वकै कारण उनी बेलायतको संसद भवन ‘हाउस अफ कमन्स’मा उनी ‘इन्टरनेसनल मेयर अवार्ड’ बाट सम्मानितसमेत भइसकेकी छन् । वर्षव्यक्तिको मनोनयनमा परेका पाँच जना चर्चित व्यक्ति मध्ये भरतपुर महानगरकी प्रमुख दाहाललाई वर्षव्यक्ति २०८१ बनाउन कुल मतको ४६ दशमलव ६ प्रतिशत मत परेको छ । सर्वेक्षणमा १५ हजार ७२ उत्तरदाता सहभागी भएका थिए । यसैगरी, वर्षव्यक्तिको मनोनयनमा रहेका बाँकी चार जना…