Yug Post

विप्लव , कुलमान ,पारस खड्का र भगवान कोइरालालाई पछि पार्दै रेणु दाहाल विजयी

Advertisement

चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल ‘शिलापत्र वर्षव्यक्ति २०८१’ चयन भएकी छन् ।

शिलापत्रको वर्षव्यक्तिले विधाविज्ञको रायमा मनोनयन र पाठकहरूको मतका आधारमा दाहाल ‘वर्षव्यक्ति’ चुनिएकी हुन् । 

देशभरका महानगरमध्ये लगातार सर्वोत्कृष्ट बन्दै दाहाल नेतृत्वको भरतपुर महानगर विकासको गतिमा लम्किरहेको छ । सफल नेतृत्वकै कारण उनी बेलायतको संसद भवन ‘हाउस अफ कमन्स’मा उनी ‘इन्टरनेसनल मेयर अवार्ड’ बाट सम्मानितसमेत भइसकेकी छन् । 

वर्षव्यक्तिको मनोनयनमा परेका पाँच जना चर्चित व्यक्ति मध्ये भरतपुर महानगरकी प्रमुख दाहाललाई वर्षव्यक्ति २०८१ बनाउन कुल मतको ४६ दशमलव ६ प्रतिशत मत परेको छ । सर्वेक्षणमा १५ हजार ७२ उत्तरदाता सहभागी भएका थिए । यसैगरी, वर्षव्यक्तिको मनोनयनमा रहेका बाँकी चार जना २०८१ सालका प्रमुख समाचार निर्माता चुनिएका छन्, जसमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का पारस खड्का, वरिष्ठ मु्टुरोग विशेषज्ञ डा. भगवान कोइराला, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिवत नेत्रविक्रम चन्द ‘विप्लव’ छन् ।

२०७४ सालमा भरतपुर महानगरपालिकाको मेयरमा चुनाव लड्दा रेनु दाहाले ठूलै लफडा झेल्नुपरेको थियो । उनको उम्मेदवारीदेखि विजयसम्मलाई धेरैले ‘नातावाद’को आरोप लगाए । उनी पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् । त्यो बेला उनलाई रेनु दाहालभन्दा पनि धेरैले प्रचण्डकी छोरी भनेरै चिन्थे । त्यसैले पहिलोपल्ट चुनाव जित्न उनलाई हम्मेहम्मे नै परेको थियो । एमालेका देवी ज्ञवालीलाई उनले २ सय ३ मतले जितेकी थिइन् । 

तर, २०७९ को चुनावमा दोस्रो कार्यकालका लागि उनी भारी मतले निर्वाचित भइन् । यसपल्ट उनले नेकपा एमालेकै विजय सुवेदीभन्दा झण्डै १२ हजार बढी मत ल्याइन् । यद्यपि, त्यो बेला उनी माओवादी केन्द्र र नेपाली कांग्रेसको साझा उम्मेदवार थिइन् । तर, उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘दोस्रोपल्ट मैदानमा उत्रिँदा रेनु दाहालको परिचय र छवि बदलिइसकेको थियो । उनी प्रचण्डकी छोरीभन्दा पनि मेयर रेनु भनेर स्थापित भइसकेकी थिइन् । 

यो सबै आफूले महानगरमा बसेर गरेको कामको नतिजा भएको उनी बताउँछिन् । उनी स्ययम्‌ले पनि भन्ने गरेकी छन्, ‘पहिला मलाई प्रचण्डकी छोरी भनेर चिन्थे, अहिले प्रचण्डलाई रेनुको बा भनेर चिन्छन् ।’ उनी अब चितवनबाट प्रतिनिधिसभा निर्वाचन लड्ने योजनामा छिन् । ‘काम गरेर देखाएकी छु, भोट माग्न नगई घरमै बसेर पनि चुनाव जित्छु, चितवनवासीले मलाई जिताउँछन्,’ उनको आत्मविश्वास छ । 

उनी नेतृत्वको भरतपुर महानगरपालिका २०८१ सालमा कार्यसम्पादन मूल्यांकनमा लगातार तेस्रो वर्ष पनि उत्कृष्ट घोषित भयो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशका अन्य ६ महानगरपालिकालाई जितेर भरतपुर उत्कृष्ट बनेको हो । 

यसअघि दुई आर्थिक वर्षमा पनि भरतपुर पहिलो भएको थियो । कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट हुँदा संघीय सरकारबाट स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान बढेर जान्छ । 

पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना र राजस्वको विभाजन गरे/नगरेको सूचकका आधारमा मूल्यांकन गरिन्छ । 

भरतपुर महानगरले ७६ दशमलव २ प्रतिशत, विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत, ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, काठमाडौं महानगरले ५४ दशमलव ३ प्रतिशत, पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत र वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अंक प्राप्त गरेका थिए । 

देशभरका ७ सय ५३ पालिकामध्ये भरतपुर शहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फर्छ्योटलगायतका  विषयमा पनि उत्कृष्ट बन्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search