Yug Post

राज्य मन्त्रीले गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेपछि बर्खास्त गरियो : महेश बस्नेत

Advertisement

निवर्तमान उर्जा राज्य मन्त्री पुर्ण बहादुरले राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त भएको बताएका छन् ।
बस्नेतले सामाजिक संजाल फेसबुकमा लेख्छन् ।

´ ठेकेदार कान्छाराम उर्फ पूर्णबहादुर- जसको नाममा २० भन्दा बढी योजना कालोसूचीमा छ । सारा ठेक्का सेटिङमा पार्छ र काम चोरेर अलपत्र गर्छ ।

ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ । अझै खतरनाक कुरा त राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो ।

तर जो चोर उसकै ठुलो स्वर भने झैं अचेल कान्छाराम मिडियामा प्रधानमन्त्रीविरुद्ध राजनीतिक आडमा पद फुस्केपछि अनावश्यक आरोप लगाएर नौटङ्की गरिरहेको छ । याद गरेसः एमालेको पङ्क्तिको हातमा पनि दही जमेर बसेको छैन । अब समय आयो । भ्रष्ट र बेइमानहरूको पर्दाफास गरौँ । इमान्दार नेतृत्व र युवा पुनर्निर्माणको लागि प्रधानमन्त्रीज्यूले चालेको कदम सँगै उभियौँ । साथ दिऊँ, परि आए ज्यान दिऊँ ।`

बस्नेतले लगाएको आरोप प्रमाणीत हुन्छ कि हुँदैन भन्ने प्रश्न खडा भएको छ। प्रमाणीत भएन भने पुर्ण बहादुरले के गर्छन् र प्रमाणीत भयो भने केपी ओलीले मन्त्रीबाट बर्खास्त गरेर मात्र हुन्छ कि अझै कानुनी कार्वाही अगाडी बढाउछ्न ?
जसले गठबन्धनमा खटफट आउने सम्भावना देखिन्छ किनकि उनी दोषी नै भए कांग्रेसले पुर्णबहादुरलाई मन्त्री बाट फिर्ता बोलाउन सक्थ्यो । प्रधानमन्त्रीले नै बर्खास्त गर्ने स्थिति सिर्जना हुनु भनेको गठबन्धनमा कुरा नमिलेको पुष्टि हुन्छ र अझै खटफट बढ्दै जान्छ । सरकारको भबिस्यमा धराप पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search