२ बैशाख २०८२ १९:०५
२ बैशाख २०८२ १९:०५
दाङ, बैशाख २ – कृष्ण अधिकारी/ नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका बहुप्रतिभाशाली कलाकार गणेश डाँगी गगनले आफ्नो नयाँ गीत ‘मन बेचेको हुँ’ सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानल गणेश डाँगी गगन मार्फत सार्वजनिक गरिएको यस गीतमा गोविन्द मधुर आचार्यको स्वर रहेको छ। गीतमा शब्द र संगीत स्वयं गणेश डाँगी गगनले तयार गरेका हुन्। एरेञ्ज, रेकर्ड र मिक्सिङको काम हेमराज डाँगीले गरेका छन्। भिडियो दाङका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको छ जसमा गणेश डाँगी गगन र बिमला थापा मगरको अभिनय देख्न सकिन्छ। गीतको निर्देशन पनि गणेश डाँगी गगनले आफैं गरेका छन् भने कोरियोग्राफी, सम्पादन तथा कलर ग्रेडिङ अभिषेक…