Yug Post

भारतीय प्रधानमन्त्री मोदीले किन लगाईदिए रामपाललाई जुत्ता

Advertisement

मोदी प्रधानमन्त्री नबने सम्म जुत्ता नलगाउने भनेर १४ वर्ष देखी नांगो खुट्टा हिड्ने रामपाललाई मोदीले जुत्ता लगाईदिएका छन् ।

जब सम्म भाजपा र नरेन्द्र मोदीको नेतृत्वमा सरकार बन्दैन र उहाँसँग भेट हुँदैन तब सम्म नांगो खुट्टा हिड्ने कृषि मजदुर रामपालसँग बैशाख २ गते भेटेर भारती प्रधानमन्त्री मोदिले जुत्ता लगाईदिएका छन् ।

भेटमा यस्तो कुराकानी भयो ।

सुरुमा प्रधानमन्त्रीले उनलाई हात मिलाएर सोधे, ‘यस्तो किन गर्नुभयो ?’

रामपालले आफ्नो संकल्पबारे बताएपछि मोदीले भने, ‘आज हामी तपाईंलाई जुत्ता लगाइदिँदै छौं । अब फेरि कहिल्यै यस्तो नगर्नुहोला । काम गर्नुपर्छ ।’

आफूले आफैंलाई कष्ट दिनुहुँदैन भन्ने सन्देश दिँदै मोदीले रामपाललाई नयाँ जुत्ता दिएका थिए ।

अनि सोधेका थिए, ‘ठिक छ ?’

रामपालले भने, ‘प्रधानमन्त्रीसँग भेट होला भनेर कहिल्यै सोचेको थिइनँ ।’

त्यसपछि मोदीले भने, ‘तपाईंको संकल्प दृढ थियो ।’

यो क्षण निकै भावकु थियो, जसको प्रतीक्षामा रामपाल १४ वर्षसम्म नाङ्गो गोडा हिँडेका थिए ।

भेट्पछी भारतीय प्रधानमन्त्री मोदीले रामपालसँगको भिडियो राख्दै लेखेका छन्– ‘उनले १४ वर्ष अघि एक संकल्प लिएका थिए कि मोदी जबसम्म प्रधानमन्त्री बन्दैनन्, जबसम्म मोदीसँग भेट हुँदैन, तबसम्म जुत्ता लगाउने छैन । मलाई आज उनलाई जुत्ता लगाइदिने अवसर मिल्यो । म यस्ता सबै साथीहरुको भावनालाई सम्मान गर्दछु । तर मेरो आग्रह छ कि यस्तो खालको संकल्प गर्नुको सट्टा सामाजिक अथवा देशहितका लागि काम गर्ने प्रण लिनुहोस् ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search