Yug Post

Day: १० चैत्र २०८१ २०:५९

अन्तत: कुलमान घिसिङ पदबाट बर्खास्त

अन्तत: कुलमान घिसिङ पदबाट बर्खास्त

सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको मन्त्रिपरिषद्निकट स्रोतले जनाएको छ । यसअघि मन्त्रिपरिषद्बाटै उनलाई स्पष्टीकरण सोधिएको थियो । र घिसिङले जवाफ पनि लेखेका थिए । तर, उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई पदबाट हटाउने निर्णय भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै गत साउनबाटै उनलाई पदबाट हटाउने चर्चा चलेको थियो । योबीचमा ऊर्जामन्त्रीस्तरीय निर्णयबाट तीनपटक घिसिङलाई स्पष्टीकरण सोधिएको थियो । आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले ऊर्जा मन्त्रालयबाट हटाउन नमिल्ने जवाफ घिसिङले दिएका थिए । त्यसपछि मन्त्रिपरिषद्बाटै उनलाई स्पष्टीकरण सोधिएको थियो । घिसिङको पदावधि आगामी…
Read More
जलजला बहुमुखी क्याम्पसमा क्रान्तिकारीका सुमन बि क स्ववियु सभापति निर्वाचित

जलजला बहुमुखी क्याम्पसमा क्रान्तिकारीका सुमन बि क स्ववियु सभापति निर्वाचित

रोल्पाको जलजला बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा सुमन बि क निर्वाचित भएका छन् । यही चैत्र १८ हुने भनिएको स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको तालीका थियो । जलजला बहुमुखी क्याम्पस रोल्पाको स्ववियु सर्वसहमतीमा जाने भनी आज दिउँसो संगठन , संघहरुको सहमतिमा हस्ताक्षर गरे सँगै टुंगो लागेको थियो । सहमतिमा स्ववियु अखिल (क्रान्तिकारी ) सभापति ,सचीवमा नेविसंघ र उपसभापतीमा अनेरास्ववियुले लिने गरि सहमति भएको थियो। पाँच बजे पछि निर्वाचन आयोगले सूचना प्रकाशित गर्दै १ पदका लागि १ मात्र उम्मेदवारी परेकोले सर्वसहमत निर्वाचित भनेर नाम लिस्ट प्रकाशन गरेको छ। जसमा अध्यक्षमा सुमन बिक ,सचीवमा गणेश खड्का लगायतको क्रमश प्रकाशित गरेको छ।
Read More
रोल्पाको जलजला क्याम्पसमा सभापति क्रान्तिकारीले लिने सर्वसहमती

रोल्पाको जलजला क्याम्पसमा सभापति क्रान्तिकारीले लिने सर्वसहमती

रोल्पाको जलजला क्याम्पसमा स्ववियु सभापति अखिल (क्रान्तिकारी ) लिने गरि सर्वसहमती भएको छ। यही चैत्र १८ हुन गइरहेको जलजला बहुमुखी क्याम्पस रोल्पाको स्ववियु सर्वसहमतीमा टुंगो लागेको छ। आज संगठन , संघहरुको सहमतिमा हस्ताक्षर गरे सँगै टुंगो लागेको हो। सहमतिमा स्ववियु अखिल (क्रान्तिकारी ) सभापति ,सचीवमा नेविसंघ र उपसभापतीमा अनेरास्ववियुले लिने गरि सहमति भएको हो।
Read More
दाङको काष्ठ उद्योगमा लागेको आगाे अझै आएन नियन्त्रणमा

दाङको काष्ठ उद्योगमा लागेको आगाे अझै आएन नियन्त्रणमा

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति झन्डै २ बजेदेखि शुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने काममा खटिएका छन् । आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । उहाँले बाँके, रुपन्देही, कपिलवस्तु जिल्लाबाट समेत दमकल मगाएको बताउनुभयो । आगलागीको कारण खुल्न सकेको छैन ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search