७ चैत्र २०८१ १६:०३
७ चैत्र २०८१ १६:०३
टेक मगर, रोल्पा -कोइराला देखि झ्याम सम्मको २१ किलोमीटर सडकको ४२ करोड ८९ लाख ४१ हजार ३ सय उन्नीस रुपैयाँ बजेटको सडक निर्माण कार्यक्रमको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेशको पुर्व मुख्यमन्त्री माननीय डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता,लुम्बिनी प्रदेशको निवर्तमान मुख्यमन्त्री माननीय जोखबहादुर महराको विशिस्ट आतिथ्यतामा, लुम्बिनी प्रदेशको निवर्तमान स्वास्थ्य मन्त्री माननीय दिपेन्द्र कुमार पुनको आतिथ्यतामा तथा त्रिवेणि गाउँपालिका अध्यक्ष, गंगादेव गाउँपालिका अध्यक्ष र अन्य अतिथिहरुको आतिथ्यतामा निगालपानी जिनावाङ कृषि सडक, निगालपानी कोइलाझ्याम पाति हाल्ना महानेटा दलसिंगे झुलनेटा सडकको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ । निगालपानि देखि झ्याम सम्मको २१ किलोमीटर सडक ४२ करोड उनान्नब्बे लाख ४१ हजार तिनसय…