१० कार्तिक २०८१ १७:१६
१० कार्तिक २०८१ १७:१६
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरू कहाँ पुग्यो भनेर सरकारलाई प्रश्न गरेका छन्। आज काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन उनले यस्तो प्रश्न गरेका हुन्। उनले नक्कली भूटानी शरणार्थी, बाँसबारी, गिरिबन्धु, बालमन्दिरलगायतका काण्ड कहाँ पुग्यो भनेर प्रश्न गर्दै भने, ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो।’ आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले सच्याउन आग्रह गरे। ‘नत्र संसद र सडकमा तपाईंले त्यो प्रतिरोध देख्नुपर्ने छ, जसको तपाइँहरूले कल्पना गर्नुभएको छैन’, अध्यक्ष प्रचण्डले भने, ‘बाढीपहिरो र विपत्तिमा…