२३ भाद्र २०८१ १९:१३
२३ भाद्र २०८१ १९:१३
दाङ -लुम्बिनी प्रदेशका कांग्रेस सांसद धनबहादुर केसी (डिबी) अदालतमा पुगेर आत्मसर्मपण गरेका छन्। लुम्बिनी प्रदेश सांसद केसी आइतबार रुकुम जिल्ला अदालत उपस्थित भएको र अदालतले तोकिएको सजाय भुक्तान गर्न कारागार चलाउन गरेको रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी माधव खरेलले युगपोष्टसँग बताए । स्रोतका अनुसार प्रहरीले केसीलाई काठमाडौंबाट नियन्त्रणमा लिएको थियो। उनलाई प्रहरीले रूकुम पूर्व ल्याएको थियो। तर प्रहरीले केसी आफै अदालतमा उपस्थित भएको दाबी गरेको छ। ३३ वर्ष पहिले उनलाई साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए।श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते…