दाङ -लुम्बिनी प्रदेशका कांग्रेस सांसद धनबहादुर केसी (डिबी) अदालतमा पुगेर आत्मसर्मपण गरेका छन्।
लुम्बिनी प्रदेश सांसद केसी आइतबार रुकुम जिल्ला अदालत उपस्थित भएको र अदालतले तोकिएको सजाय भुक्तान गर्न कारागार चलाउन गरेको रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी माधव खरेलले युगपोष्टसँग बताए ।
स्रोतका अनुसार प्रहरीले केसीलाई काठमाडौंबाट नियन्त्रणमा लिएको थियो। उनलाई प्रहरीले रूकुम पूर्व ल्याएको थियो। तर प्रहरीले केसी आफै अदालतमा उपस्थित भएको दाबी गरेको छ।
३३ वर्ष पहिले उनलाई साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।
त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए।श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गरेको थियो।
हालसम्म उनले सजाय भुक्तान गरेका थिएनन्।
गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको प्रदेश सभा क्षेत्र १ को १ बाट निर्वाचित भएका थिए। त्यसपछि फेरि भुक्तान गर्न बाँकी सजायका बारेमा चर्चा सुरूभए पनि सेलाउदै गएको थियो।
पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोले समितिले केसीसहित मन्त्री बादसाह कुर्मीलाई कानुनी कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आए पछि फेरि यो विषयले चर्चा पाएको थियो।
कांग्रेसबाट प्रतिनिधित्व गर्दै बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पूर्वका केसीलाई कानुनी कारबाही गर्न मागसहित मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापन पत्र बुझाउने देखि लुम्बिनी प्रदेशका सबै प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापन पत्र बुझाएका थिए ।
हाम्रो आन्दोलनको दबाबले गर्दा बर्षौं देखि सत्ता र शक्तिको बलमा बचेका केसीले अदालतमा आत्मसमर्पण गर्ने स्थितिको आएको नेकपा (बहुमत )का नेता नरेन्द्र बि कले युगपोष्टसँग बताए । उनलाई पुरै सजाय काट्न बाट बचाउन फेरि अर्को चहखेल सुरु गरीरहेको कुरा पनि बताए ।


