२८ श्रावण २०८१ २०:२९
२८ श्रावण २०८१ २०:२९
साेमबार दिउँसो रोल्पाको त्रिवेणी गाउँपालिका वडा-५ चबि स्थित जुगार बाट लिङ्डुङ तर्फ जाँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ। त्रिवेणी गाउँपालिका -३ गाउँटाकुरा बस्ने बर्ष ५१ का अटो चालक निम बहादुर बि क को दायाँ हातमा सामान्य चोट लागेको छ। सोही पालिकाको लिङ्दुङ बस्ने वर्ष ३९ कि शान्ता घर्तिको बायाँ खुट्टामा चोटलागेको छ भने उनकाे छोरी वर्ष १६ की झरना घर्तिलाई दाहिने हातमा चोट लागेको छ। त्यस्तै गरि गोलकट्टी बस्ने १३ वर्षिय रमिता ओलिको दाहिने हातमा चोट सामान्य चोट र नेर्पा बस्ने वर्ष ४० की…