बेनी —बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल र नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको छ ।
स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कंकाल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताए । ‘घटनास्थलबाट उत्खनन गरेको मानव कंकाल र भेटिएका सामग्रीलाई आजनै परीक्षणका लागि पठाउँछौँ,’ उनले भने, ‘अनुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएका छौं ।
विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीया मीना परियार भेटिएकी छैनन् । त्याहाँ पुगेका मीनाका आफन्तले गहना र कपडा मीनाकै भएको दाबी गरेका छन् ।


