Yug Post

जंगली च्याउ खाँदा ८ जना बिरामी

Advertisement

गुल्मी – जङ्गली च्याउ खाँदा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ खानीगाँउका एकै घरपरिवारका ८ जना बिरामी परेका छन् । रेसुङ्गा सामुदायिक वनबाट टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खाँदा गएराति आठै जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिरामी पर्नेहरूमा ६५ वर्षका टोमबहादुर थापा, उहाँकी श्रीमती ६२ वर्षकी दिलकुमारी, छोराहरू ३८ वर्षका लक्ष्मण र २९ वर्षका विकास, छोरी ४२ वर्षकी सिर्जना काउछा, नातिनीहरू १० वर्षकी दिपदिका र १२ वर्षकी बिनिसा थापा तथा पाहुना बस्न आएकी ३९ वर्षकी गीता थापा रहेका छन् ।

बिरामीलाई गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search