२९ असार २०८१ १३:५९
२९ असार २०८१ १३:५९
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नेतृत्वको सरकारको सफलता नै ढल्ने कारण बनेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत माग्नुअघि आफ्नो धारणा राख्दै उनले यस्तो भनेका हुन् ।प्रचण्डले वस्तुतः सरकारको सफलता नै सरकार ढाल्ने बिडम्वना बन्न पुगेको जिकिर गरे ।उनले विभिन्न प्रकरणको अनुसन्धानलाई सक्रिय रुपमा अघि बढाउन खोज्दा अहिलेको परिस्थीति सिर्जना भएकोसमेत बताए । विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको उल्लेख गर्दै उनले दलहरूलाई पारदर्शी राजनीति गर्न सुझाव दिए।प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे ।उनले जनताले शक्ति देखाउने बेला आएको भन्दै जनताले शक्ति…