३० जेष्ठ २०८१ १८:३९
३० जेष्ठ २०८१ १८:३९
तुल्सिपुर दाङ :अत्यधिक गर्मीका कारण दाङको तुलसीपुर - ११ उरहरी स्थित अमर माविका विद्यार्थी बेहोस भएका छन् । गर्मीका कारण दिनहु विद्यार्थीहरु बेहोस हुँदै आएको र अन्य दिनको तुलनामा आज बेहोस हुने विद्यार्थीको संख्या बढेको विद्यालयका प्रधानाध्यापक पदम ओलीले जानकारी दिनुभएको छ । विद्यार्थी बेहोस भएपछि स्वास्थ्यकर्मीको टोली बोलाएर विद्यालयमै राखेर उपचार गरिरहेको उहाँले बताउनुभयो । अत्यधिक गर्मीका कारण दाङका अन्य विद्यालयमा पनि विद्यार्थीहरु बेहोस भएको खबर प्राप्त भएको छ । उता तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले फेरी केहि दिनका लागि गर्मी बिदा दिने बारे छलफल भईरहेको जानकारी दिनुभएको छ । नगर प्रमुख टिकाराम खड्का जिल्ला बाहिर भएकोले…