Yug Post

अत्याधिक गर्मी का कारण विद्यार्थी वेहाेस

Advertisement

तुल्सिपुर दाङ :अत्यधिक गर्मीका कारण दाङको तुलसीपुर – ११ उरहरी स्थित अमर माविका विद्यार्थी बेहोस भएका छन् । गर्मीका कारण दिनहु विद्यार्थीहरु बेहोस हुँदै आएको र अन्य दिनको तुलनामा आज बेहोस हुने विद्यार्थीको संख्या बढेको विद्यालयका प्रधानाध्यापक पदम ओलीले जानकारी दिनुभएको छ ।
विद्यार्थी बेहोस भएपछि स्वास्थ्यकर्मीको टोली बोलाएर विद्यालयमै राखेर उपचार गरिरहेको उहाँले बताउनुभयो ।
अत्यधिक गर्मीका कारण दाङका अन्य विद्यालयमा पनि विद्यार्थीहरु बेहोस भएको खबर प्राप्त भएको छ । उता तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले फेरी केहि दिनका लागि गर्मी बिदा दिने बारे छलफल भईरहेको जानकारी दिनुभएको छ । नगर प्रमुख टिकाराम खड्का जिल्ला बाहिर भएकोले विद्यालय बन्द गर्ने बारे उहाँ सँग कुराकानी भईरहेको भण्डारीले बताउनुभयो ।
लामो खडेरीका कारण दाङमा अत्यधिक गर्मी छ । गर्मीका कारण दाङको जनजीवन प्रभावित भएको छ । विशेषगरी बालबालिका र जेष्ठ नागरिक बढी प्रभावित भएका छन् । आज दाङको तापक्रम ४०° सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search