२६ भाद्र २०८० ०८:०३
२६ भाद्र २०८० ०८:०३
काठमाडौँ – सूर्य विनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि सञ्चालन हुने भएको छ। संविधान दिवसको अवसरमा ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ। रत्नपार्कदेखि जडिबुटी र जडीबुटीदेखि सुर्यविनायक सम्म दुई मार्ग बनाएर एकै दिन सुरु हुने भएको छ। बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याउनुभएको हो । ‘द्रुत बस सेवा’का लागि आवश्यक पर्ने २५ वटा बसहरु तयारी अवस्थामा राखिएको यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए। व्यवसायीहरुसँग सहकार्य गरी उनीहरुकै बसहरु सञ्चालन गर्न लागिएको हो…