Yug Post

स्थगित भएको अखिल (क्रान्तिकारी )को सम्मेलन मंसिर २३गते बाट फेरि सुरु

स्थगित भएको अखिल (क्रान्तिकारी )को सम्मेलन मंसिर २३गते बाट फेरि सुरु

स्थगित भएको अखिल (क्रान्तिकारी )को सम्मेलन मंसिर २३गते बाट फेरि सुरु

स्थगित भएको अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन मंसिर २३ र २४ गते हुने भएको छ्। असोज १० गते सुरु भएको अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन ११ गते देखीको भीषण वर्षाको कारण एक दिन स्थगित भएको थियो फेरि सम्मेलन सुरुभएको थियो । निर्वाचन प्रक्रिया अगाडि बढ्यो तर सम्पन्न गर्न थप ३ दिन लाग्ने निर्वाचन समितिले बताएको थियो । उता मौसम पुर्व अनुमान विभागले दुई दिन भारी बर्षा हुने सूचना गर्‍यो । नेपालीहरुको महान चाडपर्व दशै तिहार नजिकै आएको हुँदा प्रतिनिधि प्रबेक्षकलाई असर पर्ने भन्दै असोज १६ गते सम्मेलन स्थगित गरेको थियो । आज बसेको अध्यक्ष मण्डलको बैठकले स्थगित…
Read More
गजल

गजल

कहिले काँही यसरी पनि दिन बिताउनु पर्छ आँखा रुनु पर्छ फेरि आँसु पनि लुकाउनु पर्छ प्रेमिकाको लागि ज्यान दिनेलाई भन्दिनु होला फेरि जन्मिन लाई आमाकै कोख पाउनु पर्छ बिर्सन्छु भन्नलाई पनि सम्झिनु पर्छ बिर्सने लाई जस्तो टाँका लगाउँदा पनि घाउ दुखाउनु पर्छ एक्लै जिवन जिएको हुँ भनेर के घमण्ड गर्नु अरुको काँधमा चढेर चिहानमा आउनु पर्छ अरे!नसोध के गर्नु परेर र टुक्रिन्छन् मान्छे । दिलमा एक शिरमा अर्को कोही सजाउनु पर्छ ✍️जयन्ता सुधा जाजरकोट
Read More
हमास समुहले बेपत्ता बनाइएका ६४ जनाको अवस्था अझै अज्ञात

हमास समुहले बेपत्ता बनाइएका ६४ जनाको अवस्था अझै अज्ञात

हमास लडाकू समूहले इजरायलमा आक्रमण गर्दा बन्धक बनाएकामध्ये ६४ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । इजरायलमा आक्रमण शुरू गर्दा हमास लडाकूले दुई सय ५१ जनालाई गाजा पट्टीमा लगेका थिए । आक्रमणको एक वर्षपछि पनि दुई बालबालिकासहित ५२ पुरुष र १० महिलागरी ६४ जना अझै बन्धक छन् । उनीहरू जीवित नै रहेको हुन सक्ने इजरायलको विश्वास रहेको समाचार संस्था एएफपीले जनाएको छ । गाजा पट्टीमा प्यालेस्टिनी लडाकू समूहका लागि ती बन्धकहरू इजरायलसँग युद्धविराम वार्ता गर्न र इजरायली जेलमा थुनिएका प्यालेस्टिनी कैदीको रिहाइ गर्न माध्यमका रुपमा रहेका छन् । सन् २०२३ अक्टोबर ७ तारिखमा हमास लडाकूले दुई सय ५१ जना…
Read More
बाढी पहिरोले देशभर ११७ जनाको मृत्यु २८ जना अझै बेपत्ता

बाढी पहिरोले देशभर ११७ जनाको मृत्यु २८ जना अझै बेपत्ता

देशभर बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ। विपद्मा परि २८ जना बेपत्ता भएका छन् । असोज ११ गते देखीको अविरल वर्षाका कारण प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन्।  बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको तिवारीले जानकारी दिएका छन्। 
Read More
अखिल (क्रान्तिकारी )का पदाधिकारीहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न खुमलटारमा

अखिल (क्रान्तिकारी )का पदाधिकारीहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न खुमलटारमा

काठमाडौँ । नेकपा( माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी )का पदाधिकारीहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न खुमलटार पुगेका छन् । संगठनको जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा पेस भएको मस्यौदा विधानमाथि उठेको प्रश्नको जवाफ दिएपछि आजै संशोधन सहित पारित गर्ने कार्यतालिका छ । नेतृत्वको छनोटका लागि बेलुका देखि निर्वाचन प्रक्रिया अगाडि बढ्ने प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।  पार्टीले सकेसम्म सहमतिमा नेतृत्व चुन्न सुझाव दिएको छ । तर नेतृत्वका आकाङ्क्षीहरूले प्रत्यक्ष निर्वाचनमा जोड दिएका छन् । यस्तै उमेर हदको विषयमा पनि सहमति भैसकेको छैन । अध्यक्षको प्रमुख दाबेदार दिपेश पुन ,मदन भुल ,पवन कार्की ,केशव रावल छन्…
Read More
समिर खान र शिल्पा पोखरेलको अभिनयमा ‘बनवास ’ सार्वजनिक

समिर खान र शिल्पा पोखरेलको अभिनयमा ‘बनवास ’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक बादल थापाको स्वरमा रहेको गीत ‘बनवास ’ सार्वजनिक भएको छ । रोशन विश्वकर्माको शब्द, विशाल निरौला संगीत , एरेन्ज मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निशान एस के को निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र समिर खानको अभिनय रहेको छ । दिपक गिरीको छायांकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता÷दर्शकमाझ पस्किएका छौ सबैको माया पाउनेमा हामी आशावादी छौ’, मोडल समिर खानले भन्नुभयो । भिडियो लिंक <iframe width="100%" height="315" src="https://www.youtube.com/embed/td4y4An1oLU?si=CSCBb7JmA_yatAKv"…
Read More
वर्षाको कारण  देशकै  बढी मानवीय क्षति झ्यापले खोलामा ३५ जनाको शव भेटियो ।

वर्षाको कारण देशकै बढी मानवीय क्षति झ्यापले खोलामा ३५ जनाको शव भेटियो ।

झ्याप्ले खोलामा सडक माथि बाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेका मध्ये ३५ जनाको शव भेटिएको छ ।  असोज ११ गते देखी भएको विषण वर्षाको कारण धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित आएको पहिरोमा पुरिएका माइक्रो बस र बस भेटिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको हो ।  अहिलेपनि उद्धार कार्य जारी रहेको र २६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।  
Read More
आजदेखी नै क्रमिक रुपमा माैसम सुधार हुदै

आजदेखी नै क्रमिक रुपमा माैसम सुधार हुदै

काठमाण्डौ – आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बाँकी प्रदेशका पनि थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट…
Read More
लगातार बर्षासंगै ९९ काे ज्यान गएकाे छ भने ७२ बेपत्ता

लगातार बर्षासंगै ९९ काे ज्यान गएकाे छ भने ७२ बेपत्ता

काठमाण्डौ – वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाले ज्यान गुमाएको तथ्याङ्क छ । ७२ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाण्डौ उपत्यकामा ४८ जनाको ज्यान गएको छ । जसमा काठमाण्डौमा २५, ललितपुरमा १८ र भक्तपुरमा पाँच जनाको ज्यान गएको हो । मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकबाट ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।  
Read More
समाजवादी मोर्चाको औपचारिक  विघटन माडी रोल्पाबाट सुरु भयो

समाजवादी मोर्चाको औपचारिक विघटन माडी रोल्पाबाट सुरु भयो

रोल्पाको माडीमा समाजवादी मोर्चामै भएको निर्वाचित अध्यक्षलाई तथ्य हिनआरोप लगाए पछी मोर्चा भंग भएको छ ।    नेकपा( माओवादी केन्द्र ) माडी गाउँ समितिका कार्यबाहक अध्यक्ष भरत बहादुर वुढा मगर ´वृतान्त` र सचिव विर बहादुर घर्ती ´हावा` द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निराधार तथ्य बिहिन आरोपले बदनाम गर्न खोजेपछि समाजवादी मोर्चाको माडी गाउँ समिति भङ्ग भएको घोषणा गर्दछौं । कर्मचारीहरुले अरु ९० प्रतिशत हामीले भाग लगाई सक्यौं तपाईलाई १० प्रतिशत ३६ लाख बाकी छ भनेर दिदै थिए मैले यति रकम खान्न भनेर उतै फालिएको हो भनेर गाउँपालीका अध्यक्ष अमरसिंह घर्तीमगरले हामीसँग भनेर भ्रष्टाचार स्वीकार गरेका छन्…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search