काठमाडौँ । नेकपा( माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी )का पदाधिकारीहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न खुमलटार पुगेका छन् ।
संगठनको जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा पेस भएको मस्यौदा विधानमाथि उठेको प्रश्नको जवाफ दिएपछि आजै संशोधन सहित पारित गर्ने कार्यतालिका छ । नेतृत्वको छनोटका लागि बेलुका देखि निर्वाचन प्रक्रिया अगाडि बढ्ने प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।
पार्टीले सकेसम्म सहमतिमा नेतृत्व चुन्न सुझाव दिएको छ । तर नेतृत्वका आकाङ्क्षीहरूले प्रत्यक्ष निर्वाचनमा जोड दिएका छन् । यस्तै उमेर हदको विषयमा पनि सहमति भैसकेको छैन ।
अध्यक्षको प्रमुख दाबेदार दिपेश पुन ,मदन भुल ,पवन कार्की ,केशव रावल छन् ।


