Skip to main content

Yug Post

प्रमुख समाचार

रोल्पाको सुनिलस्मृती गाउँपालिकाले  सुलिचौर र रुइनिबाङ बजार अनुगमन गर्‍यो ।

रोल्पाको सुनिलस्मृती गाउँपालिकाले सुलिचौर र रुइनिबाङ बजार अनुगमन गर्‍यो ।

रोल्पाको सुनिलस्मृती गाउँपालिकामा रहेको मुख्य बजार सुलिचौर र रुइनिबाङमा गाउँपालिकाले अनुगमन गरेको छ। ´ सुलिचौर र रुइनिबाङ बजार क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट ,गेष्ट हाउसहरु गाउँपालिकामा दर्ता भएको नभएको ,देखिने गरि मुल्य सुची टाँस गरेको नगरेको, बासी खाना तथा परिकार बिक्रीवितरण गरेको नगरेको र सरसफाइ गरेको थाहा पाउन अनुगमन गरेको हौं ।` गाउँपालिका अध्यक्ष मनिराम मणिराम वुढाथोकिले बताउनु भयो । अनुगमनको क्रममा ७२ वटा होटल मध्ये २३ वटा होटल, रेष्टुरेन्ट, गेष्ट हाउसहरु गाउँपालिकामा दर्ता नभएको पाइएको छ । अधिकांशले मूल्य सुचि टाँस नभएको र सरसफाइ पनि नभएको पाइयो । दर्ता नभएका होटल, रेष्टुरेन्ट, गेष्ट हाउसलाई तत्काल दर्ता गर्न र सवैले देख्ने…
Read More
यी हुन् न्याय परिषदले सिफारिस गरेका ३५ जना जिल्ला न्यायाधीश

यी हुन् न्याय परिषदले सिफारिस गरेका ३५ जना जिल्ला न्यायाधीश

काठमाडौँ —न्याय परिषद्को शुक्रबारको बैठकले ३५ जना न्यायाधीसको नाम सिफारिस सिफारिस गरेको हो । विभिन्न जिल्ला अदालतका ९ जना स्रेस्तेदार ,इजलास अधिकृत लगायत न्याय सेवाका विभिन्न पदहरूमा कार्यरत रहेकाहरूलाई न्यायाधीशमा सिफारिस गरिएको हो । सिफारिसमा पर्नेहरूको नामावली यसप्रकार छ : १. नारायण रिमाल, जिल्ला न्यायाधिवकता जिल्ला सरकारी वकील कार्यालय, ताप्लेजुङ २. यामबहादुर बानियाँ जिल्ला न्यायाधिवक्ता जिल्ला सरकारी वकील कार्यालय, नुवाकोट ३. रुद्र प्रसाद सुवेदी ४ धर्मराज पौडेल जिल्ला न्यायाधिवक्ता जिल्ला सरकारी वकील कार्यालय, बारा ५. टंकबहादुर महत उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मन्त्रिपरिषदको कार्यालय ६. सुवर्णमान बनेपाली उपन्यायाधिवक्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोग ७. तिर्थराज भट्ट रजिस्ट्रार उच्च अदालत दिपायल, महेन्द्रनगर…
Read More
९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई कुलमानले ८ वर्षमा ४७ अर्ब नाफामा लगे

९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई कुलमानले ८ वर्षमा ४७ अर्ब नाफामा लगे

काठमाडौं । एउटा कुशल प्रशासकले चाहेपछी कति गर्न सक्छ्न भने ज्वलन्त उदाहरण कुलमान घिसिङ हुन् ।उनले आर्थिक वर्ष २०७२/७३ सम्म ९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणले ९ वर्षको बीचमा ४७ अर्ब नाफा कमाएको छ । विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार आफ्नो दोस्रो कार्यालयको तीन वर्षे कार्यकाल पूरा भएको अवसर पारेर आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनका अनुसार प्राधिकरण आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा थियो । त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको उनले बताए । ‘गत आर्थिक वर्षमा मात्रै…
Read More
माओवादी केन्द्र को स्थायी समितिको बैठक आज देखि बस्दैछ।

माओवादी केन्द्र को स्थायी समितिको बैठक आज देखि बस्दैछ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ। समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो ।  आज अपराह्न ४:०० बस्ने बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकमा जनपरिचालन, संगठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उनले बताए । 
Read More
विद्युत् प्राधिकरणका सञ्चालक लाई हटाउनेनिणर्य कार्यान्वयन नगर्न सर्वोच्चकोअन्तरिम आदेश

विद्युत् प्राधिकरणका सञ्चालक लाई हटाउनेनिणर्य कार्यान्वयन नगर्न सर्वोच्चकोअन्तरिम आदेश

काठमाण्डाै – सर्वोच्चले अदालतले विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाउने निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आचार्य र पुनलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो । सरकारलाई असहयोग गरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुई जना सञ्चालकलाई पदमुक्त गर्नुभएको थियो । पदबाट हटाइएपछि उहाँहरू सर्वोच्च पुग्नुभएको थियो । सरकारले गएको आइतवार आचार्य र पुनलाई हटाएर उहाँहरूको ठाउँमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो । आचार्य र पुनले उद्योगमा लाइन जोड्ने विषयमा असहमति जनाउँदै आउनुभएको थियो ।
Read More
संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमा सहमति

संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमा सहमति

काठमाण्डाै – बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ । तीन ठूला दल सम्मिलित कार्यदलका संयोजकसमेत रहेका गृहमन्त्री रमेश लेखकले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रतिवेदन बुझाउनुभएको हो । कार्यदलले एक हप्ताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको थियो । प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको विधेयकका मुख्य मुद्दामा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो । कार्यदलमा कांग्रेसबाट लेखकसहित…
Read More
आज पनि घट्यो सुनको भाउ यस्तो छ दररेट

आज पनि घट्यो सुनको भाउ यस्तो छ दररेट

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४६ हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो पनि सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले घटेको थियो । अस्ति सोमवार तोलाको एक लाख ५० हजार रुपैयाँ पुग्दा सुनको भाउले रेकर्ड बनाएको थियो । आज चाँदीको भाउ १५ रुपैयाँले घटेर ताेलाकाे एक हजार सात सय १० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ ।
Read More
सांसद माधव सापकोटा सुबोधको प्रश्न  : लेखा समितिको कार्यालय कहिले देखि भिभान्त होटेल भयो ?

सांसद माधव सापकोटा सुबोधको प्रश्न : लेखा समितिको कार्यालय कहिले देखि भिभान्त होटेल भयो ?

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले सोमबार प्रतिनिधि सभामा बोल्दै उनले सार्वजनिक लेखा समितिको कार्यालय कहिले देखि भिभान्त होटेल भयो भनी प्रश्न गरेका हुन्।  उनले भने, 'मैले अघिल्लो संसदमा लेखा समितिको सभापति ज्यूले झगडा र बक्यौता तिर्न बाँकी रहेका उद्योगीसँग रहस्यमय भेट्नुभयो। यसको उत्तर उहाँले मिडियामा नेपाली नागरिकले मलाई भेट्न चाह्यो मैले भेटे। यो कहीँ प्रश्नको उत्तर हुन्छ । भिभान्त होटेल भनेको कुनै सरकारी कार्यालय हो।  लेखा समितिका लागि सिंहदरबारमा कार्यालय छुट्टाइएको छ। सार्वजनिक लेखा समितिको सभापतिले यदि भिभान्त होटेललाई कार्यालय बनाएको हो भने भन्नु पर्‍यो।' 
Read More

आज रातिदेखि मनसुन थप सक्रिय हुदै

काठमाण्डौ – आज रातिदेखि मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद रोजन लामिछानेकाअनुसार काठमाण्डौ उपत्यकासहित केही ठाउँमा केही दिनदेखि बिहान र दिउँसो चर्को घाम लाग्ने गरेकोमा भोलिदेखि भने पानी पर्ने सम्भावना छ । काठमाण्डौमा आज पनि हिजोजस्तै बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसो या बेलुकीपख बदली भएर पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र  कर्णाली  प्रदेशका  पहाडी भेगका केही ठाउँमा राति र बिहान पानी परेको छ । महाशाखाकाअनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली  रही सबै प्रदेशका केही ठाउँहरुमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…
Read More
अखिल (क्रान्तिकारी ) लुंग्री गाउपालिका रोल्पाको अध्यक्षमा खेमराज रोका मगर  निर्वाचित

अखिल (क्रान्तिकारी ) लुंग्री गाउपालिका रोल्पाको अध्यक्षमा खेमराज रोका मगर निर्वाचित

अखिल (क्रान्तिकारी ) लुंग्री गाउपालिका रोल्पाको दोश्रो गाउँपालिका सम्मेलनबाट खेमराज रोका मगर अध्यक्षमा निर्वाचित भएका छन् । अखिल( क्रान्तिकारी ) रोल्पाको भदौमा हुने जिल्ला सम्मेलनको तयारीको लागी जिल्ला भरी नै गाउँपालिकाहरुको सम्मेलनमा तीव्रता दिएको छ।हिजो १८ गते सुनिल स्मृति गाउँपालिका स्तरीय सम्मेलन सम्पन्न गरेको थियो भने आज १९ गते लुंग्री गाउपालिका रोल्पाको दोश्रो गाऊँपालिका स्तरीय सम्मेलन किलाचौरमा भब्यताका साथ सम्पन्न भएको छ। उक्त सम्मेलनले खेमराज रोका मगरको अध्यक्षतामा २७ सदस्यीय समिती निर्विरोध निर्बाचित गरेको छ। सम्मेलनमा गाउँपालिका अध्यक्ष , पार्टीका नेताहरू र विद्यार्थी नेता सुदर्शन पुन लगायतका थुप्रै नेताहरूको उपस्थिति रहेको थियो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search