अखिल (क्रान्तिकारी ) लुंग्री गाउपालिका रोल्पाको दोश्रो गाउँपालिका सम्मेलनबाट खेमराज रोका मगर अध्यक्षमा निर्वाचित भएका छन् ।
अखिल( क्रान्तिकारी ) रोल्पाको भदौमा हुने जिल्ला सम्मेलनको तयारीको लागी जिल्ला भरी नै गाउँपालिकाहरुको सम्मेलनमा तीव्रता दिएको छ।हिजो १८ गते सुनिल स्मृति गाउँपालिका स्तरीय सम्मेलन सम्पन्न गरेको थियो भने आज १९ गते लुंग्री गाउपालिका रोल्पाको दोश्रो गाऊँपालिका स्तरीय सम्मेलन किलाचौरमा भब्यताका साथ सम्पन्न भएको छ। उक्त सम्मेलनले खेमराज रोका मगरको अध्यक्षतामा २७ सदस्यीय समिती निर्विरोध निर्बाचित गरेको छ।
सम्मेलनमा गाउँपालिका अध्यक्ष , पार्टीका नेताहरू र विद्यार्थी नेता सुदर्शन पुन लगायतका थुप्रै नेताहरूको उपस्थिति रहेको थियो ।


