Skip to main content

Yug Post

प्रमुख समाचार

आज राति १२ बजेदेखि सीमानाका बन्द हुने

आज राति १२ बजेदेखि सीमानाका बन्द हुने

काठमाण्डौ – अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आज राति १२ बजेदेखि सीमानाका बन्द हुने भएको छ । आउँदो बिहिवार हुने प्रतिनिधि सभा चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । आयोगको सिफारिसमा सरकारले भरे राति १२ बजेदेखी सीमानाका बन्द गर्ने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । निर्वाचन सुरक्षा निर्देशिकामा मतदान शुरु हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । मतदान सकिएपछि मात्रै नाका खुल्ला हुनेछन् ।
Read More
सबै मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध हुने

सबै मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध हुने

निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सबै मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायीसमेत) मा मतदान हुने भएकाले कर्मचारी, सुरक्षाकर्मी तथा अपाङ्ग, अशक्त र ज्येष्ठ नागरिक मतदातालाई लक्षित गर्दै आकस्मिक स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न आग्रह गरिएको हो। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार स्थानीय तह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न पत्राचार गरिएको छ। निर्वाचन स्वच्छ, स्वतन्त्र…
Read More
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८ जनालाई कारबाही

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८ जनालाई कारबाही

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आठ जनालाई कारबाही गरेको छ भने ९४ जनासँग स्पष्टीकरण माग गरेको जनाएको छ। आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भइसकेको छ। साथै, छ जनालाई पुनः स्पष्टीकरण सोधिएको जानकारी दिइएको छ। आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग पनि स्पष्टीकरण माग गरेको छ। दर्ता भएका सञ्चारमाध्यम र तिनमा आबद्ध पत्रकारका हकमा भने प्रेस काउन्सिल नेपाल मार्फत स्पष्टीकरण सोधिएको छ। देशभरबाट हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटा उजुरीको टुंगो लगाइएको आयोगले जनाएको…
Read More
११ दल र १ हजार ६ सय ७० उम्मेदवारले मात्र बैंक खाता खोले

११ दल र १ हजार ६ सय ७० उम्मेदवारले मात्र बैंक खाता खोले

काठमाण्डाै – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गराएका प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १ हजार ६ सय ७० जनाले मात्र बैंक खाता खोलेका निर्वाचन आयोगले जनाएको छ । यसैगरी चुनावमा भाग लिएका ६५ दलमध्ये ११ वटाले मात्र खाता खोलेका छन् । अहिलेसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभयो । चुनावमा राजनीतिक दल र…
Read More
सन नेपाल इन्स्योरेन्सकाे ४ दिने SIST तालिम उद्घाटन

सन नेपाल इन्स्योरेन्सकाे ४ दिने SIST तालिम उद्घाटन

राप्ती सोनारी (बाँके) । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अगैया स्थित अगैया स्पिरिङ रिभर साइड रिसोर्टमा ४ दिने SIST तालिम आज उद्घाटन भएको छ । अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम आइतबारदेखि सुरु भएको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक र प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिका महत्वपूर्ण भएको र यस्तो तालिमले संस्थागत तथा व्यक्तिगत  वृद्धि गर्न मद्दत पुग्ने बताए। कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजनल प्रमुख दिपेन्द्र रावत लगायत अतिथिको रूपमा उपस्थित रहेकाे थिए। अभिकर्ताहरूलाई निरन्तर…
Read More
सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा घनराज खड्का चयन

सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा घनराज खड्का चयन

सल्यान जिल्लाबाट दाङ आई अध्ययनरत विद्यार्थीहरूलाई एकतावद्ध, संगठित र सचेत बनाउने उद्देश्यसहित सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला दाङको तुलसीपुरमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता विद्यार्थी घनराज खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य विद्यार्थी दिपेश खड्काले व्यक्त गर्नुभएको थियो। भेलाको सञ्चालन खेमराज सुनार (सल्यान प्रेसका सञ्चालक तथा सामाजिक अभियानकर्ता) ले गर्नुभएकोथियो। भेलामा अतिथिको रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) दाङ जिल्ला इन्चार्ज सविन सी सहभागी हुनुहुन्थ्यो। साथै साहित्यकार तथा ने.क.पा एमाले सल्यानका उप–सचिव गणेशमान सिंह, कालिमाटी गाउँपालिका सल्यानका शिक्षा शाखा प्रमुख भरत चन्द, अध्ययनमञ्च दाङका अध्यक्ष सूर्य बी.सी., प्राणमञ्च राष्ट्रिय मासिकका प्रधान सम्पादक पदमप्रसाद पोखरेल, युग पोस्टका कार्यकारी सम्पादक तथा लेखक/युवा अभियानकर्ता…
Read More
अनन्तलाई चुनावी सहयोग गर्न रोल्पा पुगेका पासाङले ३२ वर्षपछी लिवाङको सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो भने

अनन्तलाई चुनावी सहयोग गर्न रोल्पा पुगेका पासाङले ३२ वर्षपछी लिवाङको सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो भने

जन यु द्धका चर्चित दुई डुपुटी कमान्डर पासाङ र अनन्त रोल्पा आएका छन् । वर्षमान पुन अनन्त प्रतिनिधि सभाको चुनावमा रोल्पाबाट चुनाब लड्ने भएपछि उनलाई सहयोग गर्ने नन्दकिशोर पुन पासाङ रोल्पा आएका हुन् । २०४९/०५० को ग्रामीण वर्गसंघर्षको बेला सदरमुकाम लिवाङमा सार्बजनिक कार्यक्रममा भाषण गरेका पासाङले झन्डै ३२ वर्ष पछी सार्वजनिक कार्यक्रममा बोलेका छन् । जनयुद्ध सुरु हुनु भन्दा नै पहिले नै भुमिगत भएका पासाङले जनयुद्ध भर नै सैन्य मोर्चाको भुमिका खेल्दै भुमिगत थिए ।शान्ति प्रक्रिया पछी दुई पटक उपराष्टपति भएकाले पार्टीको तर्फबाट लिवाङ को सार्वजनिक कार्यक्रममा बोल्ने अवसर पाएका थिएनन् । आज सहकर्मी अनन्तलाई भारी मतले विजयी बनाउन अपिल…
Read More
रोल्पाबाट उम्मेदवार नबन्ने तथ्यहिन समाचार प्रती अनन्तको सचिवालयको ध्यानआकर्षण

रोल्पाबाट उम्मेदवार नबन्ने तथ्यहिन समाचार प्रती अनन्तको सचिवालयको ध्यानआकर्षण

रोल्पाबाट उम्मेदवार नबन्ने तथ्यहिन समाचार प्रती अनन्तको सचिवालयको ध्यान आकर्षण गरेको छ। सचिवालय भन्छ " रोल्पामा पुर्व मन्त्री बर्षमान पुन फेरि उम्मेदवार नबन्ने भनी केही भ्रामक र तथ्यहीन समाचारहरू प्रसारण भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। " रोल्पाका अभिभावक, जनताको भरोसा र आशाका केन्द्र माननीय बर्षमान पुन नै नेपाली कम्युनिस्ट पार्टीका आधिकारिक उम्मेदवार हुनुहुन्छ। "जनताको बढ्दो समर्थन र विश्वास देखेर अत्तालिएका दुश्मन शक्तिहरूले फैलाएको भ्रममा नपर्न सम्पूर्ण रोल्पावासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौं। रोल्पाको माटो, जनताको संघर्ष र विश्वाससँग जोडिएको नाम हो बर्षमान पुन। जनताको पक्षमा हामी दृढ छौं। " सचिवालयको यसरी सूचना जारी अनुसार रोल्पाका वर्षमान उम्मेदवार…
Read More
माघे मेला अपडेट : आज चर्चित लोक गायिका तथा मोडल ज्योति मगर र एलिना चाैहानकाे प्रस्तुति रहने

माघे मेला अपडेट : आज चर्चित लोक गायिका तथा मोडल ज्योति मगर र एलिना चाैहानकाे प्रस्तुति रहने

घोराही । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ अन्तर्गत महोत्सवको चौथो दिन आज (पुस २८ गते) चर्चित लोकगायिका तथा मोडल ज्योति मगर सहितका कलाकारहरूको विशेष प्रस्तुति रहने भएको छ। सांस्कृतिक संयोजक गोपाल बुढा मगरका अनुसार ज्योती मगरले नृत्यसहित लोकदोहोरी र अन्य विविध प्रस्तुति देखाउने कार्यक्रम तय भएको छ । कार्यक्रममा चर्चित गायिका एलिना चौहान, गायक प्रेम शर्मा, कलाकार वर्षा मगर र सुशीला मगरको पनि प्रस्तुति रहनेछ । हरेक दिनझैं आज पनि सोनी डान्स ग्रुपले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ । कार्यक्रमको सञ्चालन माधव जोन खत्री र रुपा घर्ती मगर ले संयुक्त रूपमा गर्नेछन् । आयोजकका अनुसार आजको कार्यक्रमले…
Read More
माघी मेला अपडेड :आज चर्चित गायक कुलेन्द्र बिश्वकर्माको विशेष सांगीतिक प्रस्तुति

माघी मेला अपडेड :आज चर्चित गायक कुलेन्द्र बिश्वकर्माको विशेष सांगीतिक प्रस्तुति

दाङ,२७ पुस । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ को आज आइतबारको मुख्य आकर्षणका रूपमा चर्चित गायक कुलेन्द्र बिश्वकर्माको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ । मेलाको तेस्रो दिन लाेकप्रिय गायक कुलेन्द्र बिश्वकर्माले आफ्ना चर्चित लोक तथा आधुनिक गीतमार्फत दङ्गाली दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ । सालको पात टपरी हुने, नजाऊ न सानु पँधेरीमा, आकाश धर्तीकोलगायतका लोकप्रिय गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा अलग पहिचान बनाएका कुलेन्द्रको प्रत्यक्ष प्रस्तुति सुन्ने अवसर दाङवासी दर्शकले पाउने भएका छन् । कुलेन्द्रसँगै आजको कार्यक्रममा गायिका सिर्जना खत्री, सञ्जिता बुढामगर र सुनिता सुनारलगायत कलाकारहरूको समेत विशेष प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search