२० कात्तिक २०८३, दाङ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ‘सन मेडिकेयर’ अन्तर्गतको ‘आपत्मा राहत’ राइडरमार्फत बीमितलाई उपचार खर्चबापतको दाबी भुक्तानी गरेको छ। कम्पनीको दाङ शाखाले मोटरसाइकल दुर्घटनामा घाइते भएका बीमितका प्रस्तावक युवराज न्यौपानेको घरमै पुगेर दाबी भुक्तानी प्रक्रिया पूरा गरेको हो।तुलसीपुर उपमहानगरपालिका–१२, टरिगाउँस्थित न्यौपानेको निवासमै पुगेर कम्पनीका दाङ शाखा प्रमुखले डिस्चार्ज भौचरमा हस्ताक्षर गराएका थिए।
मोटरसाइकलमा यात्रा गर्ने क्रममा दुर्घटनामा परी बायाँ खुट्टा भाँचिएपछि न्यौपाने तुलसीपुरस्थित सिटी हस्पिटलमा भर्ना भएका थिए। उनको शल्यक्रियासहित तीन दिनसम्म उपचार गरिएको थियो। उपचारमा लागेको खर्च बीमामार्फत प्राप्त हुने भएपछि आफूलाई ठूलो राहत मिलेको उनले बताए। सामान्य रकम तिरेर ‘आपत्मा राहत’ राइडर लिएको उल्लेख गर्दै न्यौपानेले यति सहज र छिटो उपचार खर्च प्राप्त होला भन्ने आफूले नसोचेको बताए।
“१५ दिनअघि छोरीको बीमा गर्दा एक हजार ३९३ रुपैयाँ तिरेर यो राइडर लिएको थिएँ। यति सहज रूपमा उपचार खर्च प्राप्त हुन्छ भन्ने लागेको थिएन। सबैलाई सन नेपाल लाइफ इन्स्योरेन्सको सन मेडिकेयरअन्तर्गतको ‘आपत्मा राहत’ सुविधा लिन सल्लाह दिन्छु,” उनले भने।
दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट दाङ शाखा प्रमुख श्रीधर शर्मा र एजेन्सी म्यानेजर यशोदा न्यौपाने बीमितको निवास पुगेका थिए।कम्पनीका अनुसार सन मेडिकेयरअन्तर्गतको ‘आपत्मा राहत’ राइडरले सामान्य शुल्कमा आकस्मिक अवस्थाका १५ प्रकारका रोग तथा दुर्घटनामा अधिकतम एक लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउने व्यवस्था गरेको छ। यद्यपि, यस्तो सुविधा राइडरमा तोकिएका सर्त तथा सीमाअनुसार उपलब्ध हुनेछ।
दाबी भुक्तानीका क्रममा शाखा प्रमुख श्रीधर शर्माले बीमा भविष्यका लागि रकम जम्मा गर्ने माध्यम मात्र नभई आकस्मिक तथा आपत्कालीन अवस्थामा आर्थिक सुरक्षा प्रदान गर्ने भरपर्दो आधारसमेत भएको बताए।सानो प्रिमियमले भविष्यमा आइपर्न सक्ने ठूलो आर्थिक भार कम गर्न सहयोग पुग्ने उल्लेख गर्दै उनले आफ्नो तथा परिवारको स्वास्थ्य र आर्थिक सुरक्षाका लागि आर्थिक क्षमताअनुसार उपयुक्त बीमा योजना छनोट गर्न आग्रह गरे।


