रोल्पा — त्रिवेणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय जुगार, रोल्पाको आयोजनामा त्रिवेणी–२, नुवागागाउँमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ। विभिन्न सेवा शाखाहरू समेटिएको उक्त शिविरबाट सयौँ स्थानीयवासी लाभान्वित भएका छन्।
शिविरमा स्वास्थ्य सेवा तर्फ १२० जनाले, पशु सेवा तर्फ ५० जनाले तथा पञ्जिकरण सम्बन्धी सेवामा २० जनाले सेवा प्राप्त गरेका छन्।
स्थानीय तहबाट प्रत्यक्ष रूपमा नागरिकको पहुँचमा सेवा पुर्याउने उद्देश्यले संचालन गरिएको शिविरप्रति स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। त्रिवेणी गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।


