Yug Post

सुनछहरी गाउँपालिकाले जनयुद्धकालमा बलात्कृत हुने दुई जना पुरुष सहित ११ जना महिला लाई १ लाख ८० हजार रकम दिदै

Advertisement

सुनछहरी गाउँपालिकाले जनयुद्धकालमा बलात्कृत हुने दुई जना पुरुष सहित ११ जना महिलालाई स्वरोजगार बन्न उत्प्रेरित गर्न जनही १ लाख ८० हजार रुपैयाँ प्रदान गर्दै ।
जनयुद्धकालमा तत्कालीन राज्यका सेना प्रहरीले गिरफ्तार गरि पुरुषलाई समेत बलात्कार गरेको थियो । गिरफ्तार गरेर शारीरिक यातना दिने क्रममा पुरुषलाई समेत बलात्कार गरेका थिए । द्वन्द्वकालमा रोल्पाका ,ढुंगा ,माटो , कुकुर, बिरालो जस्ता सजिब मात्र होइन रोल्पाका निर्जीव बस्तु समेतलाई माओवादी भनेर राज्यले निर्ममता पुर्वक दमन गरेको थियो।

बलात्कार जस्तो संबेदनसिल कुरा भएकोले उनीहरुको पूरा विवरण सार्वजनिक नहुने गरि त्यस्ता ब्यक्तिहरुको आन्तरिकरूपमा खोजी गर्दा पालिका भित्र ११ जना भेटिएका गाउँपालिका स्रोतले युगपोष्टसँग बताएको छ। उनीहरुलाई स्वरोजगार बन्न उत्प्रेरित गर्न १ लाख ८० हजार प्रत्येक व्यक्तिलाई दिन लागिएको छ। इच्छा अनुसार बाख्रा ,कुखुरा भौसी र बंगुर पालन गर्न पाउनेछन् ।

पालिका भित्रका द्वन्द्वपीडित हरुलाई एम्बुलेन्स शुल्क आधा मात्र लाग्ने गरि स्थानीय सरकारले व्यवस्था गरिएको छ। स्थानीय सरकारले पटकपटक द्वन्द्वपीडितहरुलाई लक्षित गरेर विभिन्न तालिमहरु संचालन गरेको छ।

पालिका भित्रका ३३ वटा स्कुलमा २०८०/८१ को बजेटबाट स्थानीय मगर खाम भाषा पाठयक्रम बनाएर अध्यापन सुरु गरेको अब तेस्रो चरणको ६/७र ८ कक्षामा अध्यापन गर्दैछ । जसले गर्दा मगर खामको संरक्षण हुनुको साथै खाम भाषा पढ्न पाउँदा खुसी भएका छन् ।

त्यस्तै गरि पर्यटन प्रबर्द्धनका निम्ति पालिकाको उल्लेखनीय कार्य गरेको छ। सुनछहरी गाउँपालिकाको पुरै वडाक भुभाग देखिने बजु धुरिमा बजु धुरी सहिद स्मृति गणतन्त्र पार्क निर्माणको लागी अहिले ४५ लाख बजेटले सिडि निर्माण भएका छन् । अब डिपिआर गर्दैछ ।

जहाँ १ ८२ जना राज्यबाट मारिएका शहिदको सिलालेख र विद्रोहीबाट मारिएका २५ जनको सिलालेख र व्यवस्था बदल्न नेतृत्व गरेका प्रचण्डको सालिक राखिने पालिका अध्यक्षले बताएका छन् । सुनछ्हरी झरणा लगायतका प्रचुर पर्यटकीय सम्भावना बोकेका प्राकृतिक सम्पदाको संरक्षण र प्रबर्द्धनको ठोस योजना रहेको पालिकाले बताइएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search